हेटौंडामा जीविकोपार्जन विश्लेषण अन्तरक्रिया

साझाकुरा
२०७८ माघ ५, बुधबार १४:०२

हेटौंडा-पुनरुत्थानशिलता तथा जीविकोपार्जन विश्लेषण सम्बन्धि अन्तरक्रिया कार्यक्रम मंगलबार हेटौंडामा भएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा विश्व खाद्य संगठनको सहयोगमा कार्यक्रम गरिएको हो । स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णराज पन्तले कृषिका हरेक क्षेत्रमा परेका समस्याहरुलाई समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।

परमपरागत बाली लगाउँदा ध्यान दिनुपर्ने कुराहरु र यसलाई परिमार्जन कसरी पु¥याउन सकिन्छ भन्नेमा जोड दिनुपर्ने बताए । हरेक खाले परिवर्तनलाई आत्मसाथ गर्दै लैजानुपर्ने उनले बताए । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रलाद लामिछानेले जलवायु परिवर्तनले धेरै खालका असरहरु गरेको र यसबाट बेलैमा सचेत रहन आग्रह गरे । कार्यक्रममा विश्व खाद्य कार्यक्रमका संयोजक डाक्टर राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धि विस्तृत अध्ययनको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जीविकोपार्जन, जलवायु जोखिम र खाद्य सुरक्षा बीचको सम्बन्धलाई राम्रोसँग बुझ्नको लागि विश्लेषणात्मक दृष्टिकोणका विषयमा छलफल भएको थियो ।

जीविकोपार्जन क्षेत्र स्तरमा लचिलोपन क्षमता, जोखिम र जलवायु जोखिमको विश्लेषण गर्दछ । भौगोलिक रूपमा सान्दर्भिक खाद्य सुरक्षा अनुगमन सूचकहरू पहिचान गर्न आधार प्रदान गर्ने छ । जीविकोपार्जनमा आधारित जलवायु परिवर्तन अनुकूलन कार्यक्रमहरू र परियोजनाहरू लागू गर्नका लागि भौगोलिक लक्षित क्षेत्रहरु पहिचान गर्नेछ ।  जीविकोपार्जन, जलवायु जोखिम, लचिलोपन र खाद्य सुरक्षा बीचको सम्बन्धलाई राम्रोसँग बुझ्नुपर्ने बिज्ञहरुले बताएका छन् । लचिलो समुदायहरू निर्माण गर्ने लक्ष्य राखेका परियोजनाहरु र कार्यक्रमहरुका लागि भौगोलिक लक्षित क्षेत्रहरू पहिचान गर्नका लागि सुझाब दिएका छन् । जलवायु परिवर्तन अनुकूलन वा लचिलो खाद्य सुरक्षा नीतिहरू र कार्यक्रमहरु, गतिविधिहरू डिजाइन गर्न सूचित गरेर कसरी वर्तमान र भविष्यका दुवै जलवायु जोखिमहरूले सबैभन्दा कमजोर समुदायहरूलाई असर गर्छ भन्ने बारे प्रकाश पार्छ भन्ने कुरा प्रष्ट पार्नेछ ।

कार्यक्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख राजन ढकाल, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विष्णु कुमारी लामिछाने, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर राम प्रकाश प्रधान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*