अंगारा क्लबले जित्यो थाहा गोल्डकप

साझाकुरा
२०७८ माघ ६, बिहीबार ११:५५

हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा भएको तेस्रो थाहा गोल्डकपको उपाधि अंगारा क्लबले जितेको छ । अंगाराले बारा–११ लाई १–० गोलले हराउँदै उपाधि जितेको हो । खेलमा निर्णायक गोल सुशान्त कार्कीले खेलको ७९ मिनेटमा गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अबसर गुमाएका थिए ।  थाहा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता जितेको  अंगाराले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा बनेको बारा–११ ले नगद ५० हजारसहित शिल्ड, मेडल हात पारेको छ ।

थाहा अभियान्ता रुपचन्द्र विष्टको ८६ औं जन्मजयन्तीको अबसर पारेर समितिले २६ पुसदेखि प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी  अंगराका जान्मे धामी चुनिँदा उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, उत्कृष्ट गोलरक्षक  अंगाराका किसन गुरुङ, उत्कृष्ट डिफेन्डर अंगाराकै सिसास थापा र सर्बाधिक गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्तान घोषित भए । विद्यागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ हात पारे ।

थाहाको इन्द्रायणीचौकमा भएको प्रतियोगितामा मकवानपुरका २० सहित २६ वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा
खेलकुद मन्त्री रत्न ढकाल, थाहा नगरपालिकाको नगर प्रमुख लबशेर विष्टले पुरस्कार प्रदान गरेका थिए ।  थाहा नगर खेलकुद विकास समिति अध्यक्ष राजेश केसीको सभाध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन गरेका हेटौंडाका शिक्षा प्रेमी  पुरणबहादुर जोशीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*