आश्रमलाई चार लाखको औषधि

साझाकुरा
२०७८ माघ ६, बिहीबार १२:१३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिएको छ ।  हेटौंडा–९ वडा कार्यालयले आश्रमलाई औषधि हस्तान्तरण गरेको हो । औषधि वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई औषधि हस्तान्तरण गरेका हुन् । आश्रमका अध्यक्ष अधिकारीले आश्रममा आश्रीतहरु सबैजसोलाई मनोरोग लगायतका विभिन्न रोगबाट समस्या भइरहेको अवस्थामा वडाले औषधी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।  आश्रममा हाल २ सय जना आश्रित छन् । औषधि हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भण्डारी, आश्रमका अध्यक्ष  अधिकारी, आश्रममा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*