पोखरामा फुटबलरअञ्जनलाई सम्मान

साझाकुरा
२०७८ माघ ७, शुक्रबार ०९:३९

हेटौंडा-हेटौंडेली युवा फुटबलर अञ्जन बिष्टले पोखरामा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ–मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका बिष्टलाई सहारा क्लब पोखराले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटन समारोहमा सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सहाराले पछिल्लो केहि वर्षयता यता राष्ट्रिय टोलीबाट योगदान पु¥याउने एक खेलाडीलाई सम्मान गर्दै आएको छ । अञ्जन पछिल्ले ८ वर्षदेखि राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । उनी २०७२ सालमा साफ यू १९ च्याम्पियन बन्दा टोलीका सदस्य थिए । अञ्जनले राष्ट्रिय टोलीले २०७२ मै बंगबन्धु गोल्ड कपको उपाधि जित्दा र सोही वर्ष यु–२३ टोलीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा उनी टोलीका सदस्य थिए । नेपालले २०७३ मा सोलिडारिटी कप जित्दा पनि उनी टोलीमा थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*