‘तिमिसँग माया’ सार्वजनिक

साझाकुरा
२०७८ माघ ७, शुक्रबार १०:४४

हेटौंडा-मकवानपुरे गायक धिरेन लामाको ‘तिमिसँग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  बिहिबार बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द लामा आफैँले रचना गरेका हुन् भने उनैले संगित र स्वर भरेका हुन् ।

म्यूजिक भिडियोमा भने कलाकार पुष्प खड्का र स्मारिका ढकालले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।  झण्डै एक दशकदेखि गीत संगितको क्षेत्रमा सक्रिय रहेका लामाले यसअघि पनि दर्जनौँ गीतहरुमा स्वर भरेका छन् । प्रेम कहानी, लेकाली कान्छी, बिरानो संसारमालगायत गीतमा उनको स्वर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*