कृषकको जीवनस्तर उकास्न सय किसान अभियान

अरुणराज सुमार्गी
२०७८ माघ १२, बुधबार ११:२५

नेपालमा निजी क्षेत्रको सबैभन्दा धेरै सञ्जाल भएको संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ । देशैभर नेटवर्क रहेको उद्योगी, व्यवसायीहरू सदस्य रहेको यो संस्था देशमारोजगारी सिर्जना गर्नेदेखि अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेल्ने संस्थाको रूपमा निरन्तर काम गरिरहेको छ । महासंघ अन्तर्गतको महत्वपूर्ण निकाय हो कृषि उद्यम केन्द्र ।हालै मात्र यसको नाम परिवर्तन गरेर कृषि उद्यम तथा अनुसन्धान केन्द्र (एइआरसी) बनाइएको छ । बदलिँदो परिवेशमा समयानुुकूल काम गर्न अनुुसन्धान केन्द्र बनाइएको हो । हाम्रो मुलुक कृषि प्रधान मुलुक हो । कृषि प्रधान मुलकमा कृषि क्षेत्रको विकासका लागि निजी क्षेत्रको पनि मुख्य भूमिका रहनुपर्ने हुन्छ । यसका लागि उद्यम केन्द्रले महासंघको तर्फबाट नेतृत्वदायी भूमिका खेल्दछ ।

संस्थाभित्र विभिन्न समयमा नेतृत्व हस्तान्तरणको कार्य पनि निरन्तर चलिरहन्छ । केन्द्रले ‘एक गाउँ एक उत्पादन’को सफल अवधारणालाई सरकारसँगको सहयकार्यमा देशव्यापी बनाउने लगायतका कार्यक्रम गरेको छ । यसो त यही कार्यक्रमलाई आलोचनात्मक दृष्टिले पनि हेर्ने गरिन्छ ।कार्यक्रमले अपेक्षित उपलब्धि हासिल नगर्ने मात्र है, अनियमितता समेतको आरोपबाट गुज्रनु परेको पनि छ ।

विगतमा भएका राम्रा नराम्रा जेजस्ता कार्य भए पनि कृषिको व्यावसायीकरणको अवधारणालाई देशव्यापी बनाउने कृषि उद्यम केन्द्रले भूमिका खेलेको छ । देखिएका तमाम चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै कृषि उद्यम केन्द्रलाई उपलब्धिमूलक तरिकाले अगाडि बढाउने कार्य हालको नयाँ नेतृत्वले अगाडि बढाएको छ । केन्द्रको सभापतिको हैसियतमा म र मेरो टिमले विगतका कार्यको समीक्षा गर्दै नेपालको कृषि क्षेत्रको विकासमा पहल–कदमी अगाडि बढाएका छौं ।

कृषि उद्यम केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा नाम मात्र परिवर्तन गरिएको छैन, हाम्रो नेतृत्वले थप नतिजामुखी कार्य पनि अगाडि बढाएको छ । कृषि उद्यम केन्द्रलाई अनुसन्धान केन्द्रको रूपमा कार्य गर्ने भएकाले यसको नाममै अनुसन्धान पनि जोडेका हौं । हामीले कृषि विकासका भाषण धेरै ग–यौं, काम गर्ने बानी बसाएनौं । नीति एकातिर, व्यवहार अर्कोतिर भयो । हामी ठूल्ठूला कुरामा व्यस्त भयौं । किसान भने साना साना कुरामा अलमलमा रहे, परिवर्तनको महशुस गर्न सकेनन् । यो कुरालाई मनन गरेर म आफू व्यक्तिगत रूपमा पनि सक्दो कृषकको हकहितमा काम गर्दै आएको छु भने केन्द्रबाट योजनाबद्ध तरिकाले काम गरिरहेको छु ।

हामी आयात गरेर तरकारी खाइरहेका छौं । यता किसानको उत्पादनले मूल्य पाएको छैन । किसानले सही मूल्य पाउने अवस्था मात्र बनाइयो भने पनि धेरै सुधार हुन्छ । सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्न सकेमा भने परिवर्तन हाम्रै पालमा सम्भव छ । म हेटौँडा जाने आउने बाटोमा पर्ने सिस्नेरी क्षेत्र र थाक्रे क्षेत्रमा सडक वरपर तरकारी बेच्ने किसानको समस्या बुुझेको छुु ।

थोक व्यापारीले सो क्षेत्रमा तरकारी किन्न गएको भेटको छु । त्यहाँ किसानले गाजर बेच्छ ४० रूपैयाँ प्रतिकिलोमा, उपभोक्तालाई एक सय रूपैयाँमा बेचिन्छ । प्रतिकिलो ३५ रूपैयाँमा किसानले बेच्ने काउली बजारमा १२० रूपैयाँ पर्छ । यो विषयलाई मनन गरेर मैले किसानलाई ३०–३५ रूपैयाँमा हैन, ६०–६५ मा बिक्री गर्न लगाएँ । म सँधै हिड्ने बाटोमा अहिले किसानले मूल्य पाउन थालेका छन् । त्यहाँबाट कालिमाटी जानेहरूलाई पनि किसानसँग सिधै सम्पर्क नम्बर दिएको छु ।

अहिले त्यही किसान बहुसंख्यक खुशी भएका छन् । अल्पसंख्यक ठेकेदार मसँग रिसाइ रहेका छन् । आत्मनिर्भरताको कुरा गर्दा हामी आधारभूत तरकारी उत्पादनमा पनि आत्मनिर्भर छैनौं भने बुझेका छौं तर आयात प्रतिस्थापन गर्नेतर्फ मेहनत गरेका छैनौं । नेपालमा कृषिमा ६४ प्रतिशत जनता आबद्ध छन् । नेपालको उत्पादनले नपुगेर हामीले बाहिरबाट ल्याएर अर्काको देशको विषादीयुक्त उपज खानुपर्ने अवस्था छ । यस्तो समस्या अन्य कृषि उपजमा पनि छ । म आफू सभापति भएपछि यावत विषयमा समीक्षा गरेका छौं । भाषण गर्दै गरौंला, जति सकिन्छ काम गरौं भनेर हाम्रो टिमले कृषि क्षेत्रको समस्यालाई एक हदसम्म सम्बोधन गर्नेगरी काम अगाडि बढाएका छौं ।

कम्तीमा दैनिक उपभोग्य वस्तुुमा मुलुकलाई आत्मनिर्भर बनाऔं, आयात घटाउँदै लैजाऔं भन्ने मनसाय हो । यसका लागि हाल भइरहेका व्यावसायिक कृषिका नमूना कार्यलाई प्रोत्साहन गर्नेसमेतका उद्देश्य लिएर सय किसान अभियान सुरू गरेका छौं । हाम्रो टिम यो अभियानलाई सफल बनाउन गाउँ गाउँ पुुगिरहेको छ । देशभर उत्पादनमा संलग्न र बजार नपाएका किसान तथा उत्पादकलाई सहयोगी होस् भनेर एइसी एफएनसीसीआई मोबाइल एप्लिकेसन बनाएका छौं ।

एपले देशभरका उत्पादकलाई जोड्ने काम गर्छ । देशभर नमूना कृषि गरिरहेका युवाहरूलाई जोड्न एप मात्र हैन, आफै पनि देशभर पुगेरसमेत खोजी गरिरहेको छुु । केन्द्रको टिमले अनुसन्धान गरिरहेको सय किसान अभियानलाई मुख्य अभियानका रूपमा अगाडि बढाएका छौं । युवा किसानहरूको मनोबल उच्च बनाउन, उत्पादनको बजारीकरण, स्टोरेजको व्यवस्थासमेतमा हामीले सहयोग गर्दैछौं । प्रविधि र प्राविधिकको पहुँच कृषक तथा उद्यमीसम्म पु¥याउने काममा कम्मर कसेरै लागेका हौं ।

सय किसान अभियानअन्तर्गत देशभर जाँदा धेरै नै नमूना काम भइरहेको हामीले पाएका छौं । हामीले अवलोकन गर्दा किसानहरूलाई बजारसँग जोड्न सकियो भने युवा स्वरोजगारसमेतमा मद्दत पुग्ने देखेका छौं । उत्पादित उपज बिक्री भएन भने किसानले सडकमा फाल्न बाध्य छन् । दूध बढी उत्पादन भए सडकमा पोख्ने, अण्डा नबिक्दा सडकमै फाल्ने, तरकारी बिकेन भने पनि सडकमा फाल्ने नियतिलाई सानो प्रयासले पनि सुधार गर्न सकिन्छ । प्रशोधन उद्योग स्थापना, कोल्ड स्टोरहरूको व्यवस्था र किसानलाई बजारसँग जोड्ने वातावरण बनाउन सकिएमा यस्ता समस्या समाधान हुनेछन् । कृषिमा युवाको आकर्षण बढाउन सहयोग पुग्नेछ ।

हामीले देशभर एक सय मात्र एकीकृत कृषि फार्मलाई प्रवद्र्धन गर्न सक्यौं भने बाँकी काम ती किसानले गर्छन् । किसानले सय हैन सयौं उदाहरणीय कार्य गरेको हामीले पाएका छौं । हामीले थोरै मात्र साथ दियौैं भने कृषिले धेरै फड्को मार्न सक्ने महसुुस हामीले गरेका छौं । राज्यको सानो मात्र सहयोगमा हामी ठूलो काम गर्न सक्छौं । सरकारले कोसिस नगरेको पनि होइन, जहिले पनि किसानलाई बढाउन कोसिस गर्छ । तर पनि कृषि प्रसारमा समेत सरकारको पहुँच बढ्नुको साटो घट्ने अवस्था छ । समस्या कार्यक्रम र कार्यान्वयनमा मात्र नभइ शिक्षामा पनि छ । हामीले ५० वर्ष पढाएको कृषिले कृषक जन्माएन, कर्मचारी मात्र जन्मायो ।

हामीले कृषक हैन कर्मचारी उत्पादन गर्ने कृषि पढिरहेका–पढाइ रहेका छौं । यो समस्यालाई मध्यनजर गरेर हामीले अब कृषिको प्राविधिक तालिमको खाँचो महसुस गरेका छौं । पछिल्लो समयमा केही विद्यालय र कलेजमा प्राविधिक शिक्षाका कार्यक्रम लागू भएका छन् । हामीले पनि कृषि उद्यम गर्न चाहने युवालाई प्राविधिक शिक्षाको अवधारणा अगाडि बढाएका छौं । हरेक जिल्लामा एकीकृत कृषि तालिम केन्द्रहरू सञ्चालन गर्ने गरी महासंघ र कृषि उद्यम तथा अनुसन्धान केन्द्रबाट कार्यक्रम अगाडि बढाएका छौं । नेपाल उद्योग वाणिज्य महासंघ राज्यपछिको धेरै सञ्जाल भएको संस्था पनि हो ।

कर तिर्ने अग्रणी उद्योगी, व्यवसायी हाम्रै सदस्य हुन् । समृद्धिका लागि कृषि क्षेत्रको विकास हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । तर यसका लागि कृषिको व्यावसायीकरणको उत्तिकै महत्व छ । कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण, आधुुनिकीकरण जस्ता सरकारले लिएको नीतिलाई महासंघले पनि आत्मसात गरेको छ । विश्वका मुलुकहरूमा पनि कृषिलाई निकै प्राथमिकतामा राखेको पाइन्छ । उत्पादन र बजारको नियमन सरकारले व्यवस्थित तरिकाले गरेका कारण विकसित मुलुकमा कृषकलाई मूल्यको समस्या हुँदैन ।

उपज बिक्री नहुने समस्या पनि रहँदैन । कोरियाकै उदाहरण लिने हो भने पनि ४० वर्षदेखि कोरियामा एउटै मूल्यमा कुखुराको मासु पाइन्छ । त्यहाँ एउटा फार्म हाउसबाट ८ लाख कुखुरा एक पटकमा निस्कन्छन् । युरोपमा समेत उसले कुखुरा बेचिरहेको छ । चाहने हो भने हामीले पनि यो स्तरको कार्य गर्न सक्छौं । कोरियामै सुजो भन्ने रक्सीको ब्राण्ड छ, जसलाई राष्ट्रिय पेय पदार्थको रूपमा राज्यले लिएको छ । त्यहाँका राष्ट्रपतिले यही रक्सी पिउँछन् । हाम्रो देशको राष्ट्रिय पेय पदार्थ के हो ? यसको जवाफ छैन हामीसँग । विदेशका महँगा रक्सी मगाएर खाने तर यहाँको स्थानीय उत्पादनलाई जफत गरेर फ्याँक्ने जस्ता काम नेपालमा भइरहेका छन् ।

सरकारले यहाँको उत्पादानलाई ब्रान्डिङ गरेर बाहिर निर्यात गर्न प्रोत्साहन गर्नुपर्छ । यसमा सरकार तथा सरोकारवालाको ध्यान जानु आवश्यक छ । हामी ध्यानाकर्षण गराउँछौं । कुल गार्हस्थ उत्पादनमा २७ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब १२ प्रतिशत हिस्सा भने दुग्ध क्षेत्रको योगदान मात्र ९ प्रतिशत छ । हामी बल्ल दूधमा आत्मनिर्भर हुँँदैछौं । यद्यपि, उद्योगलाई आवश्यक पर्ने दुग्धजन्य कच्चा पदार्थहरू आयात गर्नुपर्ने अवस्था छ ।

अर्कोतिर हाम्रो उत्पादन लागत बढी भएको र खुला सीमाका कारण आयात हुने गरेको दूधले नेपालको उत्पादनलाई कुनै न कुनै रूपमा प्रभावित पारिरहेको हुन्छ । हामीले यसलाई चिर्न लागि परेका छौं । नेपाल सरकारले श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिराखेको छ । हामी सो कार्यक्रमलाई पनि महासंघसँग जोडेर लैजाने तयारीमा छौं । यसका लागि सरकारी निकाय सकारात्मक पनि देखिन्छन् । बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय हामी गर्छौं । कृषि प्रवद्र्धनका लागि हामी सरकारसँग होस्टेमा हैँसे गरेर जान तयार छौं ।

यावत कार्य गर्न स्रोत परिचालनको विषय पटक पटक चासो राखिने विषय हो । हो, विगतमा महासंघले सरकारसँग रकम लिएर यो काम गरेको पनि हो । तर अब हामी सरकारबाट रकम लिने पक्षमा छैनौं । सरकारको र हाम्रो आफ्नै भएकै संरचना र जनशक्ति परिचालन गरियो भने मात्र पनि धेरै गर्न सकिन्छ । हामीले समन्वयकारी भूमिका निभाउने हो । काम गर्नका लागि सम्बन्धित क्षेत्रका सरोकारवाला अगािड बढ्ने वातावरण हामी बनाउछौं । महासंघका नगरतहका निकायले सहजीकरण गर्न सक्छन् । सहजीकरण गरेबापत कृषक र महासंघ दुवैले लाभ लिन सक्ने अवस्था हामी सिर्जना गर्छौं । अनुसन्धान केन्द्र भएकाले हामीसँग केही स्रोत तथा जनशक्ति छन् ।

सरकारको स्वरोजगार कार्यक्रमबाट प्रशिक्षकले तालिमहरू दिन सक्छन्, रकम सरकारको कोषबाट खर्च हुन्छ । हामी समन्वय गछौं । कृषिमा लाग्न चाहने जनशक्तिलाई आवश्यक ज्ञान, सीप, बैंक ऋण, बिमा जस्ता विषयमा सहजीकरण गरियो भने बाँकी काम कृषक आफैले गर्न सक्छन् । एइआरसीले पहलकदमी अगाडि बढाएको छ । हामीले सुरु गरेको सय किसान अभियान मात्र सहज तरिकाले अगाडि बढ्दा आगामी दुई वर्षमा एक तहको काम हुन्छ । अन्य क्षेत्रमा पनि प्रविधिको प्रयोगले परिवर्तन भएको हामीले देखेका छौं । भुसे चुल्हो हटेर ग्याँस चुल्हो विस्तार हुन धेरै समय लागेन । आज नेपालको शतप्रतिशत नेपालीको घरमा ग्यास चुल्हो पुगेको छ ।

प्रविधिको प्रयोग सही तरिकाले गर्न सकियो भने कृषिमा पनि परिवर्तन टाढा छैन । हामीले रासायनिक मल आयात गरिरहेका छौं, त्यो पनि सिजनमा हाहाकार हुन्छ । तर हामीले पालेका गाई भैँसीको टनका टन गोबरलाई संकलन गरेर कृषिमा प्रयोग गरियो भने आयातबाट बाहिर जाने रकम जोगिने मात्र हैन नेपालीले स्वस्थ्य कृषि उपज उपभोग गर्ने वातावरण पनि बन्छ । त्यस्तै हाम्रो बजारबाट निस्किएको फोहोरको ४० प्रतिशत भाग गलेर जाने चिज हो ।

६० प्रतिशत भागमा प्लास्टिक, फलाम, आल्मुनियमजस्ता चिजहरू हुन्छन्, त्यसबाहेक ४० प्रतिशत तरकारी फलफूलको बोक्रा वा तिनका जराजुरी, खानेकुरा, घाँसपात हुन्छन् । यस्तो सब गलेर जाने चिज हो, त्यही मल हाल्यो भने जग्गा मलिलो हुन्छ । होटलहरूले फाल्ने खानेकुरा, तरकारीका छोक्राबोक्रामात्र सडाएर मल बनाउने काम नगरपालिकाले ग¥यो भने आम्दानी बढेर जान्छ पनि ।

हामीले हाम्रो देशको विविधीकरणलाई उपयोग नै गर्न सकेका छैनौं । कृषिमै पनि एक आपसमा समन्वयकारी नेटवर्क बनायौं भने हिमाल, पहाड, तराईका उत्पादन सिजनअनुसार नै पनि उत्पादन गरेर बजारको माग पूर्ति गर्न सकिन्छ । झापाको उत्पादन कर्णालीको जिल्लामा, कर्णालीको फलफूल र अन्न हेटौडाका उपभोक्तालाई खुवाउनेदेखि पहाडको ट्राउट माछा तराईमा खुवाउने वातावरण बनाउन गाह्रो छैन ।

इच्छाशक्ति र थोरै साथको जरुरत देख्छु म । एकीकृत कृषि फार्म गरेर कृषि पर्यटन, पर्या–पर्यटनको सम्भावना त झनै प्रचुर छ । जसले मुलुकको अर्थतन्त्रलाई उकास्न सकारात्मक भूमिका खेल्न सक्छ । विदेशबाट फर्केर कृषि गरिरहेका युवा र परम्परागत रूपमा कृषि नछाडेका कृषकलाई थोरै मात्र सहयोग गरेमा धेरै नतिजा दिन सक्छन् । हामीलाई पूर्ण विश्वास छ, हामी गर्न सक्छौं । कुरा गर्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो पनि छ । हामी काम गर्नेमा विश्वास गर्छौं । सय किसान अभियानको काम अगाडि बढी नै सकेको छ । हामीले सबै जिल्लाको उद्योग वाणिज्य संघलाई पत्राचार गरिसकेका छौं । यो अवधारणाको बारेमा व्यक्तिगत सक्षमसंस्था हो ।

हामी पदाधिकारीलाई तलब चाहिँदैन । अनुसन्धान केन्द्र भएको हुनाले कर्मचारी तलब खान्छन् र अनुसन्धानको काम गर्छन् । अहिले हामी थुप्रै गाउँपालिकासँग काम गरिराखेका छौं । प्रोजेक्टहरू तयार गर्दिन्छौं । त्यसबापत एइसीलाई केही कमाइ पनि हुन्छ । एफएनसीसीआईले हामीसँग १२ करोडको अपेक्षा गरेको छ । यो चोटी नेतृत्वमा भएका कारण मैले कमाएर १२ करोड दिनुपर्ने छ । हामी कसैको डोनेसन लिँदैनौं । हामीलाई अन्तर्राष्ट्रिय जगतले टिओआर गरेर दियो भने टिओआरको वर्क गर्न जाँदा कस्ट पाउँछौं त्यही कस्टमा हो हामीलाई नाफा हुने । त्यसैले हामी आफ्नो श्रमले, स्रोतले मात्र पनि सय किसानजस्ता अभियानहरू सफलतापूर्वक गर्ने क्षमता राख्दछौं । उद्योग वाणिज्य महासंघमा म संलग्न भएको मात्र ५ कार्यकाल भयो ।

मेरो जिल्ला नगर क्षेत्र हो । पहिला २०–२१ वर्ष हाम्रो देशले स्थानीय सरकार पाएन । यसबीच एफएनसीसीआईले भने काम गरी नै रहेको थियो । जिल्ला नगरको उद्योग वाणिज्यको चुनाव त भइराखेको हुन्थ्यो । स्थानीय सरकार नभएको हुनाले कर्मचारीमात्र हुने भएकाले हामीले लेखेर पठाएको हुनाले विकासको काम कतिपय समयमा सोचे जसरी अगाडि बढाउन गाह्रो पनि हुन्थ्यो । यसबीचमा हामीले काम गयौं तर स्थानीय सरकार आउने बित्तिकै हामीलाई सौता जस्तो देख्न थाल्यो । तर पनि हाम्रो काम त विजनेस हो ।

अहिले जिल्ला नगरमा हामीले नयाँ बिजनेसमा लिएर गएका छौं, कृषिको बिजनेस । जिल्लामा कृषि हुने ६४ प्रतिशत भनेको जुन सुकै जिल्लामा पनि कृषि छ । कृषि नभएको जिल्ला छैन । कृषि छ भने कृषिलाई व्यवसायीकरण गरौं । बिजनेस गरौं भनेर हामी अगाडि बढेका छौं । सय किसान अभियान कृषक, उद्योगी व्यापारी, उपभोक्ता र राज्यका लागिसमेत बिजनेसको माध्यम बनाउने अभियान हाम्रो हो । सय किसानको अर्थ एक सय किसान मात्र भन्ने हैन सयौं किसान यो अभियानमा जोडिन सक्छन् । जोडि रहेका पनि छन् ।

सय किसानको अवधारणा सबै जिल्लामा गइसक्यो । उनीहरूले जिल्लाको किसानहरूलाई भनिसके म गर्छु भन्ने किसान जम्मा भइसके । त्यसको फर्म बनाइसके । फर्म हामी बाँडदै जान्छौं जिल्ला जिल्लामा । प्रदेशले बाँडछ । बाँडिसकेपछि हामी त्यसलाई सेलेक्सन गर्छौं । हाम्रो काम त्यही बेलामा भइराखेको हुन्छ । हाम्रो रिसर्च कपि पनि आयो । के के आयो, कुन जग्गामा आयो कति जग्गामा आयो । निजी हो कि सार्वजनिक हो । त्यो आइसकेपछि सुचीमा परेको किसानलाई हामी कागज तयार गर्दिन्छौं । सेवा शुल्क १ रूपैयाँ लिन्छौं । ऋणलिँदा त बैंकले १ प्रतिशत सेवा शुल्क काट्छ । त्यो १ प्रतिशत भनेको एउटा किसानले ४० करोड लियो । ४ करोड लियो भने ४ लाख भयो ४० करोड लियो भने ४० लाख करोड हुन्छ । त्यो ४ करोड स्थानीय उद्योग वाणिज्य संघको सम्पति हो ।

यसको लागि उसले व्यवस्थापकराख्छ । त्यो गर्न सक्ने खालको अहिले त्यहाँ पनि सीईओ लेभलको मान्छे त हुन्छ नि । कार्यकारी अधिकृत हुन्छ जिल्लाजिल्लामा । त्यो कार्यकारी अधिकृतसँग अझ विकाससँग ल्याउनु भएको छ । यसको टिओर हामीले बनाएको छ । यो प्रोजेक्टमा तपाईलाई तपाईको कर्मचारीहरूलाई भनेर छुट्टाएको पैसा हामीले पाउँछौं । हामीले पहिल्यै लगानी गरेर आधार तयार भइसकेकोे छ । अहिले एईसीमा त्यही डकुमेण्ट बनाएर प्रधानमन्त्री रोजगार कार्यक्रको रिसर्च कार्यक्रम अगाडि बढेको छ । विश्वबैंकलाई कति ओटा प्रोजेक्ट पठाइसकेँ । आईटी सँग एग्रिमेन्ट गरिसकेँ । एउटा प्रोजेक्ट पास भयो भने पैसा आइहाल्यो नि ।

हामी त काम गर्न जाने हो । हाम्रो प्राविधिकहरू प्रशिक्षण दिन जान्छन् । प्रशिक्षण दिएपछि संस्थाको पैसा बढ्छ । यसको यति यसको यति भनेर उसले बनाउँछ । यो एईसीको कर्म हो । छोराछोरीको कर्म बाबुआमालाई स्याहार्ने । किसानलाई प्रोजेक्ट पुर्याउन हामी आएको हो । यसको सोच त्यही हो । किसान र सरोकारवाला सबैलाई सय किसान अभियानमा जोडिएर कृषकको जीवनस्तर माथि उकास्न र अर्थतन्त्र बलियो बनाउन सहयोग गर्न मेरो अपिल । हामीले बनाएको एईसी एफएनसीसीआई एप्लिकेसन, फोन, इमेल वा सामाजिक सञ्जाल जताबाट पनि जोडिन सक्नुहुनेछ । जिल्ला जिल्लामा रहेका उद्योग वाणिज्य कार्यालय पनि सम्पर्क कार्यालयका रूपमा छन् । आउनुहोस् सय किसानमा हातेमालो गरौं ।(सय किसान अभियान सञ्चालन गरिरहेका उद्योगी सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति हुन् ।)– साभारः टक्सार

यसमा तपाइको मत

Your email address will not be published.


*