राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशका दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी

साझाकुरा
२०७८ माघ १२, बुधबार १९:२०

हेटौडा-राष्ट्रिय सभा सदस्यमा बागमती प्रदेशका दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। आज भएको मतदानमा अन्यतर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना विजयी भएकी हुन्।

तिमल्सिनाले स्थानीय तहतर्फ १ सय १६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन्। पौडेलले स्थानीय तहतर्फ १ सय १७ मत अर्थात् २ हजार १ सय ६ मतभार प्राप्त गरेका थिए।

तिमल्सिनाले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७ सय ३६ मतभार गरी कुल ४ हजार ८ सय २४ मतभार प्राप्त गरिन् । पौडेलले प्रदेशतर्फ ५६ मत अर्थात् २ हजार ६ सय ८८ मतभार गरी कुल ४ हजार ७ सय ९४ मतभार प्राप्त गरे।

 

यसमा तपाइको मत

Your email address will not be published.


*