आहा–रारामा हेटौंडेली अशोकको उत्कृष्ट प्रदर्शन

साझाकुरा
२०७८ माघ १४, शुक्रबार १३:००

हेटौंडा-हेटौंडेली गोल रक्षक अशोक बरालले पोखरामा जारी आहा–रारा गोल्डकपमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।  बरालले टाइब्रेकरमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै मनाङ मस्र्याङ्दी पोखरामा जारी २० औं गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा गोलरक्षक बरालको उत्कृष्ट बचाउसँगै त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ उपाधी नजिक पुगेको हो ।

निर्धारित समय र थप गरिएको समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मनाङले त्रिभुवन आर्मीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । मनाङका ४ खेलाडीले गोल गर्दा आर्मीका ३ खेलाडीले मात्रै गोल गर्न सके ।

आर्मी र मनाङका एक एकजना खेलाडीले प्रहार गरेको बल गोलपोष्टमा लागेर बाहिरिएको थियो । आर्मीका दीपक गुरुङको प्रहार मनाङका गोलरक्षक अशोकले बचाएका थिए । मनाङका अशोक प्लेयर अफ द म्याच घोषित भए । अशोक पुराना खेलाडी भएपनि इञ्जुरीका कारण केही समय मैदान बाहिर थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*