बागमती प्रदेश संसदीय समितिमा प्रतिपक्ष

साझाकुरा
२०७८ माघ १८, मंगलवार १२:५४

हेटौंडा-बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विजयी भएका छन् ।  सोमबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवारलाई बिजयी घोषणा गरिएको हो । प्रदेशसभाअन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको थियो ।

निर्वाचन प्रक्रियामा सत्तारुढ गठबन्धन सहभागी नै नभएपछि एमालेले दुबै समितिको सभापति पाएको छ । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका  नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अघि बढाएको थियो ।  समितिमा एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता  नगराउनुका साथै निर्वाचन प्रक्रियामा समेत सहभागी भएन । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई बिजयी घोषणा गरिएको थियो। उनीहरुलाइ प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण  गराएका छन् ।

बैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको  हो । त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिएको छ । अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो ।  शिक्षा समितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*