वागमती प्रदेश सरकारले तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने

साझाकुरा
२०७८ माघ १८, मंगलवार १३:२७

वागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ। थाइल्यान्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको वागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

वागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल भइरहेको जानकारी दिए। त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने उनले बताए।

धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनको भनाइ छ। मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णयसमेत गरेको छ।

बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नाकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*