प्रधानमन्त्रीको विज्ञमा गजुरेल नियुक्त

साझाकुरा
२०७८ माघ १९, बुधबार १५:३९

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेललाई नियुक्त गरेका छन्। देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मंगलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल छ। साथै उनी अनुसन्धानात्मक कार्यमा सक्रिय छन्।यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले कांग्रेसको १३औं र १४औं महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए। रासस

 

यसमा तपाइको मत

Your email address will not be published.


*