हेटौंडामा मनाइयो चौतारीको स्थापना दिवस

साझाकुरा
२०७८ माघ २३, आईतवार १०:१५

हेटौंडा÷हेटौंडामा शनिबार प्रेस चौतारी नेपाल मकवानपुरको २४ औं स्थापना दिवस मनाएको छ । नेकपा एमाले निकट पत्रकारहरको समूहले हेटौंडमा पत्रकारिता क्षेत्रको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै स्थापना दिवस मनाएको हो । संस्थाका अध्यक्ष बालकृष्ण अधिकारीले पछिल्लो समय राज्यले पत्रकारितालाई कानुनको बन्धनमा बाँध्न खोजेको आरोप लगाएका छन् ।

‘पत्रकारिता कानुनको बन्धनमा बाँधिनु हुँदैन । हामीले पत्रकारितालाई नैतिकताको बन्धनमा बाँध्न जरुरी रहेको छ ।’, उनले पछिल्लो समय पत्रकारले पेशागत मूल्य र मान्यता विर्सिदै जाने र राज्य कठोर हिसावले प्रस्तुत हुने गरेकोभन्दै यस क्षेत्रमा देखिएको विसंगतिलाई हटाउन सम्पूर्ण सञ्चारकर्मी एकढिक्का हुन जरुरी रहेको औंल्याए ।

उनले पत्रकार महासंघले पनि पत्रकारिता क्षेत्रमा देखिएको विकृति हटाउन संस्थागतरुपमा अगाडि बढ्न सुझाए । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, पूर्वकेन्द्रीय सदस्य प्रताप बिष्ट, महासंघ महासचिव कृष्णसारु मगर, पूर्वजिल्ला अध्यक्ष हरि हुमागाईं तथा नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पत्रिकारिता क्षेत्रको वर्तमान अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*