फेरी बाँड्यो गुहेश्वरीले न्यानोे कपडा

साझाकुरा
२०७८ माघ २५, मंगलवार ०९:१९

हेटौंडा-सामाजिक कार्यमा जुटेको गुहेश्वरी मर्चेन्ट बैंकिड्ड एण्ड फाइनान्स लिमिटेड हेटौंडा शाखाले सोमबार पनि विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शनिबार गुहेश्वरीले मकवानपुरगढी गाउँपालिका–८ बुुढीचौरको बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत् १ सय २५ जना विद्यार्थीलाई स्वीटर वितरण गरेको थियो ।  सोमबार न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरा दिँदै गुहेश्वरीले भीमफेदी गाउँपालिका–१ स्थित किसेडीमा रहेको दीपक आधारभूत विद्यालयको कक्षा १ देखि ६ सम्म अध्ययनरत् १ सय ५७ जना विद्यार्थीलाई स्वीटर वितरण  गरिएको हो ।
गुहेश्वरी मर्चेन्ट बैंकिड्ड एण्ड फाइनान्स हेटौंडा शाखाका प्रबन्धक विजय पुडासैनीले फाइनान्सको समाजिक उतरदायित्वअन्तर्गत् रहेर सहयोग गरिएको बताए ।

‘बैकिड्ड कारोबारसँगै हामीले सामाजिक कार्यमा समेत संलग्न ह’न’पर्ने उद्देश्यसहित न्यानो कपडा वितरण गरेका हौं ।’ उनले भने, ‘हामी योे कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा विकट क्षेत्रमा सहयोग पु¥याउने छौं ।’उनले बित्तिय संस्था भएपनि सामाजिक कार्यमा जोडिएर गुहेश्वरी अझबढी जनतामाझ पुग्ने उद्देश्यका साथ अघि बढेको धारणा राखे । कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले बित्तिय कार्यबाट अझमाथि उठेर गुहेश्वरीले सुरुवात गरेको सामाजिक काम सराहनीय रहेको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानिककुमार स्याङ्तान, विद्यालयका प्रधानाध्यापक गंगा लामा र भीमफेदी–१ की वडा सदस्य सुमिरा थिङ्लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*