राप्रपाका निवर्तमान अध्यक्ष थापाद्वारा पार्टी परित्याग

साझाकुरा
२०७८ माघ २५, मंगलवार १५:०९

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गर्रेका हुन् । थापाले मंगलबार एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*