राजनीतिमा थापाको भविष्य छैनः बानियाँ

साझाकुरा
२०७८ माघ २६, बुधबार ११:४१

हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राप्रपाका पूर्वकेन्द्रीय अध्यक्ष कलम थापाको राजनीतिक भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राप्रपाको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी नेतृ लक्ष्मी जिम्बालाई कांग्रेसमा प्रवेश गराउँदै बानियाँले थापाको राजनीति भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन् ।
बानियाँले भने, ‘आफू केन्द्रीत राजनीति गर्ने, म भए हुने नभए नहुने भन्ने स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन । पार्टीको केन्द्रीय अध्यक्षमा पराजित भएसँगै उहाँ अनावश्यक टिकाटिप्पणी गर्दै मानसिकता सन्तुलन नै अप्ठेरोमा पारेर हिँडिरहनुभएको छ ।’ नेता बानियाँले जात र धर्मको नाममा गरिने राजनीतिको अब भविष्य नभएको बताए । उनले मानवतालाई केन्द्रबिन्दु बनाएर राजनीति गर्न थापालाई सुझाव दिए । ‘हामी जात र धर्म हेर्दैनौं । हामी मानवताको राजनीति गर्दै अगाडि बढ्छौं ।’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*