हेटौंडाको राप्ती तटमा शवदाह मेसिन जडान सुरु

साझाकुरा
२०७८ माघ २६, बुधबार १२:३९

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१० राप्ती तटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ ।उपमहानगरपालिकाले आफ्नो योजना अनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । सो मेसिन उपमहानगरपालिकाले भारतबाट ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ । यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ । मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ ।एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहहानगरपालिकाले जनाएको छ । मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्यासमेत हट्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*