बढ्यो सुनचाँदीको मूल्य

साझाकुरा
२०७८ माघ २६, बुधबार १३:००

सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो नेपालसुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*