अनमोलले साइन गरे ‘हनी बनी’, लन्डनमा सुटिङ

साझाकुरा
२०७८ माघ २८, शुक्रबार १२:०९

काठमाडौँ- सुटिङमा जाने भनेर लामो समय तयारी गरेको ‘एक्स नाइन’ अनिश्चित बने पछि फ्लोरमा जाने फिल्मको खोजीमा रहेका अनमोल केसीले ‘हनी बनी’ साइन गरेका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको यो फिल्मको सुटिङ लन्डनमा हुने चर्चा छ । ‘एक्स नाइन’का लागि भनेर अनमोलले जनवरी फ्रेब्रुअरीको मिति छुट्याएका थिए ।फिल्मकै लागि भनेर अनमोलले ज्यान पनि बनाएका थिए । तर कारण स्पष्ट छैन तर यो फिल्म नबन्ने हल्ला चल्यो । यसपछि घरबाटै तीनवटा फिल्म घोषणा गरेका अनमोलसँग घरकै फिल्म गर्ने कि बाहिरका फिल्म गर्ने विकल्प थिए, उनले फेरि एक पटक घरको हैन बाहिरको फिल्म रोज्ने निर्णय गरेका छन् ।

निर्माण टिम र अनमोलबीच तीन दिनअघि सम्झौता सम्पन्न भइसकेको छ । तर निर्माण टिमले भ्यालेन्टाइनको दिन पोस्टर र टिजर सार्वजनिक गर्ने लक्ष्यसहित अनमोलले फिल्म साइन गरेको कुरा सार्वजनिक गरेको छैन । फिल्ममा अनमोलको जोडी को रहने भन्ने चाहिँ टुंगो गरेको छैन । फिल्मको सुटिङ मार्चमा सुरु हुनेछ ।– साभारः इकागज

 

यसमा तपाइको मत

Your email address will not be published.


*