कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ मा

चुनावी मैदानमा पराजुली, लामा र लामिछाने
साझाकुरा
२०७८ माघ २९, शनिबार ०९:१४

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको अधिवेशन फागुन १३ गते हुने भएको छ । यसअघि दुई पटक मिति सारिएको मकवानपुरसहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको हो ।
यसअघि पटक–पटक स्थगित हुँदै आएको १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । शुक्रबार बसेको बैठकले मधेशका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ । यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आइ दोस्रो चरणमा जानुपर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले बताए । बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ । यदी १३ गतेको निर्वाचन ५० प्रतिशतभन्दा कम मत आइ दोस्रो चरणमा जानुपर्ने भएमा १४ गते अधिवेशन गरिने निर्वाचन समिति संयोजक घिमिरेले बताए ।

चुनावी मैदानमा पराजुली, लामा र लामिछाने

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको अधिवेशन मिति स्थगित हुँदा पनि आफ्नो तयारीबाट पछि नहटेका तीन नेता सभापतिको दाबेदार देखिएका छन् ।करिब दुई महिना अघिबाट सभापति बन्ने दौडमा पूर्वजिल्ला सचिवसमेत रहेका हेटौंडा उपमहानगरका निवर्तमान सभापति आनन्दराम पराजुली, बर्तमान जिल्ला सचिव बुद्ध लामा र नेता जयराम लामिछाने छन् । तीनै जना दाबेदारले छुट्टाछुट्टै प्रचारप्रसार समिति बनाएर, सचिवालय स्थापना गरेर चुनावी तयारीलाई तीब्रता दिइरहेका छन् ।

सभापतिका तीन दाबेदारबीच रस्साकस्सी कायमै रहँदा फागुन १३ का लागि अधिवेशन मिति तोकिएसँगै चुनावी चहलपहल बढ्ने निश्चित छ । पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोक, लामाले हेटौंडा–१० स्थित बुद्ध चोक र लामिछानेले हेटौंडा–२ स्थित पल्पसा रोडमा सचिवालय स्थापना गरेर कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिमाझ आफ्नो एजेन्डासहित मत माग्न जुटिएका छन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका पराजुली र लामा दुबै सभापतिको दाबेदारका रुपमा रहँदा दुई मध्ये एक उम्मेदवार बन्ने सम्भावनाको खोजीसमेत सुरु भइसकेको छ ।

उता देउवा इत्तर खेमाका लामिछाने आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिने तयारी अघि बढाइरहेका छन् । नगर÷गाउँ र प्रदेश÷क्षेत्रीय अधिवेशनपछि देउवा पक्षको दबदबा देखिएको मकवानपुरमा देउवा पक्षबाटै दुई जना उम्मेदवार रहँदा मत विभाजन हुने सम्भावना बढेपछि केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत नेताको संयुक्त छलफल अघि बढाउने तयारीसमेत थालिएको छ ।लामिछाने देउवा इत्तर पक्षबाट हालसम्म एकल दाबेदार देखिएका कारण उनलाई पूर्वसभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपानेले सहयोग गर्ने सम्भावना बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*