हेटौंडेली सुमियन उत्कृष्ट आठमा

साझाकुरा
२०७८ माघ २९, शनिबार ०९:५५

हेटौंडा-चर्चित रियालिटी शो नेपाल आइडलको उत्कृष्ट आठमा हेटौंडाकी सुमियन पाख्रिन अटाएकी छन् ।नेपाल आइडलको सिजन–४ को उत्कृष्ट आठमा हेटौंडा उपमहानगरपालिका–१५ निवासी पाख्रिन अटाएकी हुन् । यसअघि आइडलमा प्रतिस्पर्धा गरेका हेटौंडाका अन्य प्रतियोगीहरु उत्कृष्ट आठमा पुग्न सकेका थिएनन् । पाख्रिन भने आइडलको बिहिबार भएको इलिमिनेशन डे मार्फत सुरक्षित रहँदै उत्कृष्ट आठमा प्रवेश गरेकी हुन् । नेपाल आइडल एपिवान टेलिभिजनबाट हप्ताको बिहिबार र शुक्रबार प्रशारण हुँदै आइरहेको छ ।

उनले फेरी दर्शक माझ टप ७ मा पु¥याइदिन भोटको अपिल गरेकी छिन् । उनले टप ७ का लागि बुद्धिकृष्ण लामिछानेको ‘घाँस काट्ने खुर्केर’ भन्ने बोलको गीत गाएकी छन् । भोटिङ लाईन सोमबार मध्यान्ह १२ बजेसम्म खुल्ला रहनेछ । भोट गर्नका लागि एनटिसी, एनसेल र स्मार्ट फोनबाट मोबाइलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिन्छ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिने पाख्रिनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*