माओवादी थाहा अध्यक्षमा थिङ

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार ०९:३७

हेटौंडा-नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको अध्यक्ष पदमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ निर्वाचित भएका हुन् । थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगर–पालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी शनिबार अध्यक्ष पदको लागि निर्वाचन भएको हो । अन्य पदाधिकारीहरु भने सहमतिमै चयन गरिने माओवादी केन्द्रका नेता कमान– सिंह पाख्रिन पृथकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*