हेटौंडा ११ मा कांग्रेसको टोल समिति

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार ०९:५८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–११ मा शनिबार नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ ।हेटौंडा–११ स्थित शान्तिचोक, गणेश स्थान र शहीद स्मारकलाई समेटेर कमल सेन्चुरीको अध्यक्षतामा १६ सदस्यीय टोल समिति गठन गरिएको हो । समितिको उपसभापतिमा दिपेन्द्र परियार, सचिव कमल थापा मगर, सहसचिव विशाल कप्रौला र कोषाध्यक्ष पूर्णबहादुर मोक्तान चयन भएका छन् ।सदस्यहरुमा रवीन नेपाली, रवी गहतराज, लोकेश खत्री, मोहन सापकोटा, रामबहादुर महत, केशव कप्रौला, रिता सेन्चुरी, संगिता कप्रौला, राजेन्द्र योञ्जन, अशोककुमार पौडेल र टेकबहादुर गुरुङ चयन भएका छन् । नेपाली कांग्रेस ११ नम्बर इकाई सभापति दीपक उप्रेतीको सभाध्यक्षता तथा नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सचिव सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघीय सदस्य राजनकुमार मल्ल, उपसभापति दिपेन्द्र उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*