कोदो र फापरको परिकार बनाउने तालिम सकियो

साझाकुरा
२०७८ फाल्गुन १, आईतवार १०:०३

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा भएको तीन दिवशीय रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम समापन भएको छ ।गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा भएको तालिम अध्यक्ष बिदुर हुमागाईंले शनिवार समापन गरेका हुन् । स्थानीय उत्पादन प्रवद्र्धन, विविधिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले भएको तालिममा सवै वडाको प्रतनिधित्व हुने गरि होमस्टे, होटल, खाजा घरका सचालक र कृषि प्राविधिक पनि सहभागी थिए ।

तालिममा कोदो र फापरको परिकार मःम, पिज्जा, दुनोट, हलुवा, निमकिन, बिस्कुट पाउरोटी, महफिन, प्यान केक, कप केक, बटर केक, बाल आहार (लिटो)लगायतका परिकारहरु बनाउन सिकाइएको थियो । तालिममा सहभागीहरुले बनाएको परिकार आज आइतबार गाउँ पालिकामा प्रदर्शनी गरिँदै छ ।नेपाल कृषि अनुसन्धान परिषद्का खाद्य वैज्ञानिक प्रविण ओझाले परिकार बनाउन सहजीकरण गरेका थिए । बाली विकास तथा जैविक विवधता सरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठले रैथाने बालीको महत्व र उपयोगिताको विषयमा सहजीकरण गरेका छन् । तालिमसँगै परिकारहरु पालिकामा सधै उपलब्धताको सुनिश्चित गर्न तालिममा सहभागी निश्चल होटलका सचालकलाई गाउँपालिका अध्यक्ष हुमागाईंले ‘ओटिजी ओभन’ मेसिन हस्तान्तरण गरेका थिए । आवश्यकता अनुसार तालिमका अन्य सहभागीहरुलाई पनि ओभन उपलब्ध गराइने गाउँ– पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको सभाध्क्षतामा तालिम समापन भएको हो । समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, मुख्य प्रशिक्षक प्रविण ओझा, ३ नम्बरका वडा अध्यक्ष भागवत घिमिरे, कृषि शाखा प्रमुख चौधरी, मनकामना दुग्ध उत्पादक सहकारी संस्थका अध्यक्ष अर्जुन प्रसाद दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*