थाहा नगरमा आलु रोप्ने चटारो

साझाकुरा
२०७८ फाल्गुन २, सोमबार १०:००

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा किसानहरु आलु रोप्न व्यस्त छन् । थाहाका १२ वटै वडामा यतिबेला आलु धमाधम रोप्ने कार्य भइरहेको छ । आलु खेतीको लागि प्रख्यात थाहामा किसानहरु व्यस्त रहेको नगरपालिकाका कृषि विकास अधिकृत सञ्जय तिवारीले बताए । थाहाका किसानले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलुका बीउ लगाइरहेका छन् । थाहामा माघ दोस्रो सातादेखि आलु रोप्न सुरु भएर फागुन पहिलो सातासम्म आलु रोपेर सकिने किसानहरुले बताएका छन् । आलुलगायत तरकारी खेतीमा थाहाका किसानले रासायनिक मल र विषादीको प्रयोग घटाएको उनको दाबी छ । आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने जानकारी भइसकेको भन्दै तिवारीले अर्गानिक खेतीको लागि नगरपालिकाले जोड दिएको बताए । तस्बीरः गणेश विष्ट,थाहानगर

यसमा तपाइको मत

Your email address will not be published.


*