ग्रामीण क्षेत्रको विद्युत् विस्तारमा ध्यान देऊ

साझाकुरा
२०७८ फाल्गुन ४, बुधबार ११:३७

मकवानपुरको ग्रामीण क्षेत्रका जनताले विद्युत् उपभोग सहज तरिकाले गर्न पाइरहेका छैनन् । विद्युत् प्राधिकरण, ठेकेदार र स्थानीय तहको सरकारबीच कामको तालमेल नमिल्दा कतिपय ग्रामीण इलाकामा विद्युतीकरण भएको छैन । कतिपय ठाउँमा पोल गाडेर छाडिएको छ तर, तार टाँगिएको छैन । कतिपय ठाउँमा पोल र तार पुगेको छ ट्रान्सफर्मर पुगेको छैन भने कति ठाउँमा पुगेको पोल पनि गाडिएको छैन । जसबाट नेपाल विद्युत् प्राधिकरण आफ्नो काममा कति लापरबाही गर्दैछ भन्ने छर्लड्ड भएको छ ।

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको दशक पुग्न लागिसक्दा पनि देशका ग्रामीण इलाकामा बसोबास गर्ने जनताहरुले सरकारले दिएको सेवाको स्वाद चाख्न अझै पाएका छैनन् । व्यवस्था परिवर्तन भएसंगै सुविधा उपभोगमा सहज हुने आशा र विश्वास लिएका ग्रामीण जनताहरुले विद्युत्को उपभोग गर्नसमेत नपाएको समाचार बारम्बार आइरहनु वर्तमान सरकारको लाचारीपनको पराकाष्ट हो । बकैया गाउँपालिकाको दरबारडाँडामा हेलिकोप्टरबाट ट्रान्सफर्मर लगिएको समाचार बाहिर आएको केही दिनमा राक्सिराड्ड गाउँपालिकामा विद्युतीकरणको काम चार वर्षअघि सुरु भएपनि अझै सम्पन्न नभएको समाचार बाहिरिएको छ । यसले प्राधिकरणको काम गर्ने तौरतरिका छरपस्ट भएको छ । गाउँमा विद्युतीकरणको लगिएका सामग्रीहरुको तथ्याड्ढमा पनि गडबढी देखिएको पाइएको छ । प्राधिकरणले तीनसय ४५ थान बिजुलीको पोल लगिएको तथ्याड्ढ दिइरहँदा गाउँमा भने ७५ थान मात्र पोल पुगेको खबर आएको छ । यसले प्राधिकरणको काममा हिनामिनाको पनि संकेत देखिएको छ ।

देशमा तीन तहको सरकार गठनसंगै सिंहदरबारको अधिकार गाउँगाउँमा आउने नारा सुनेका जनताहरुले बिजुलीको उज्यालोमा बस्न नपाउने बिडम्बनापूर्ण अवस्थाको अन्त्यको लागि नीतिगत तथा स्थलगत समस्याको समाधानको लागि स्थानीय तहका जनप्रतिनिधिहरु पनि चनाखो भएर लाग्नुपर्ने टड्कारो आवश्यक देखिएको छ । साथै, विद्युत् प्राधिकरणले पनि शहरी क्षेत्रमात्रै भन्दा पनि ग्रामीण क्षेत्रमा बिद्युत् नपुगेका ठाउँमा पु¥याउने र जीर्ण भएका ठाउँमा लाइन सुधार तथा भोल्टेज सुधारको कामलाई तीव्रता दिनु आवश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*