सागरलाई प्रश्न– ‘फिल्मसँग किन ब्रेकअप ?’

साझाकुरा
२०७८ फाल्गुन ४, बुधबार ११:४३

बाल्यकालमा एक फिल्मको छायांकन सेटमा अभिनेता राजेश हमालसँग भेट गरेपछि सागर लम्सालले आफ्नो लक्ष्य नै हिरो बन्ने राखेका थिए । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दा पढ्दै परिवारलाई जन्डिसको वहाना बनाएर उनी हिरो बन्नकै लागि नेपाल फर्किए । त्यसपछि उनले फिल्मको हिरो बन्न काठमाडौंका गल्लीहरुमा जुत्ता खियाए । निर्देशकहरुसँग फिल्ममा रोल माग्दै विन्ती चढाए ।
लामो संघर्षपछि उनले एक साथी (आदित्यविक्रम लम्साल) को माध्यमबाट फिल्म ‘लोफर’ मा काम गर्ने अवसर पाए । फिल्ममा उनी ‘बले’ को भूमिकामा थिए ।

यो फिल्म हेर्न टेलिसिरियल ‘भद्रगोल’ टिम पनि हल पुगेको थियो । सागरको चरित्र र अभिनय मन परेपछि ‘भद्रगोल’ टिमले उनलाई ‘बले’ को चरित्रमा लिने निर्णय ग¥यो । यसपछि उनले आजसम्म करिअर फर्केर हेर्नु परेको छैन । ‘भद्रगोल’ र ‘सक्कीगोनी’ मा ‘बले’ चरित्रलाई दर्शकले सर्वाधिक रुचाएपछि यतिबेला सागर टेलिसिरियलसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् । म्यूजिक भिडियो त उनले महिनामै १५÷२० वटासम्म गर्ने गरेका छन् । तर, फिल्मसँग भने उनको ब्रेकअप जस्तै भएको छ । ‘लोफर’ पछि ‘लज्जा र हैरान’ मा अभिनय गरेका उनले करीब चार वर्षयता कुनै पनि फिल्ममा काम गरेका छैनन् ।तत्काल फिल्म नगर्नुको कारणबारे आइतवार एक कार्यक्रममा सागरले भने– ‘पहिला ‘सक्कीगोनी’ टिमको फिल्म गरौं भनेर अरु फिल्ममा काम नगरेकै हो । आफ्नै टिमको फिल्म पर्खिँदा–पर्खिँदा लकडाउन भयो । अब भने चाँडै हामी फ्लोरमा जाने तयारीमा छौं ।’ ‘सक्कीगोनी’ टिमले लामो समयदेखि फिल्म निर्माणको गृहकार्य गरेको भएपनि विभिन्न कारणले मूर्तरुप पाउन सकेको छैन ।– साभारः फिल्मीखबर

यसमा तपाइको मत

Your email address will not be published.


*