कांग्रेस मकवानपुरको अधिवेशन दुई दिन पछि धकेलियो

साझाकुरा
२०७८ फाल्गुन ६, शुक्रबार ११:१२

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन दुई दिनपछिको लागि धकेलिएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेसँगै मकवानपुर जिल्लाको अधिवेशन पनि दुई दिन पछि धकेलिएको हो । यसअघि फागुन १३ गते अधिवेशन गर्ने तयारी थियो ।तर, १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधीको जन्मोत्सव परेकाले अधिवेशनको मिति सारिएको कांग्रेसले जनाएको छ । अधिवेशन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरुबीच चुनावी सरगर्मी चढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*