व्यक्तिगत घटना दर्ता समयमै गरौं

साझाकुरा
२०७८ फाल्गुन ६, शुक्रबार १२:०१

मानिसको व्यक्तिगत जीवनमा हुने सबैखाले घटनालाई व्यक्तिगत घटना भनिन्छ । मानिस जन्मनु, मृत्यु हुनु, विवाह हुनु, सम्बन्ध विच्छेद हुनु, बसाईसराई हुनु मानिसको जीवनमा हुने घटनाहरु हुन् । यी सबै पाँच घटनालाई स्थानीय पञ्जीकरण अधिकारीसमक्ष घटना भएको ३५ दिनभित्र दर्ता गरिसक्नु पर्छ, नत्र जरिवाना लाग्छ । यी पाँच घटनामध्ये जन्म र मृत्यु सबैको जीवनमा हुन्छ । त्यो अनिवार्य दर्ता गराउनुपर्छ । तर, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई भने हुनपनि सक्छ नहुन पनि सक्छ । यी सबै घटनालाई समयमा दर्ता नगर्दा समाजमा विभिन्नखाले विकृत घटनाहरु पनि हुने गरेका छन् ।

जन्मदर्ता समयमा नगर्दा बालबालिकाले शिक्षा, स्वास्थ्य तथा राज्यबाट प्रदान गरिने विभिन्नखाले सुविधाबाट बञ्चित हुनुपर्ने हुन्छ । जन्मदर्ता नभए नगरिकता बनाउन मिल्दैन । नागरिकता नभए व्यक्तिको वास्तविक परिचय नै खुल्दैन । परिचय नखुल्दा न रोजगार गर्न पाइन्छ न व्यवसाय सञ्चालन । व्यक्तिको परिचय खुलाउने नागरिकता नभएका कारण समाजमा धेरैले असहज जीवन बिताइरहेका छन् । तर, यति हुँदाहुँदै पनि मानिसहरु व्यक्तिगत घटना दर्ता समयमा गर्दैनन् भन्ने गुनासो स्थानीय पञ्जिकरण अधिकारीहरुले बताएका छन् । घटना दर्ताका सन्दर्भमा राज्यको तर्फबाट सञ्चारमाध्यममा त्यत्तिकै सूचित गरिएको पाइन्छ । समयमा व्यक्तिगत घटना दर्ता गराउन बाध्य पार्न जरिवानाको समेत व्यवस्था गरेको पाइएको छ । तर, नागरिकको अकर्मण्यता कायम रहेको पाइन्छ ।

व्यक्तिगत घटना दर्ता राष्ट्रिय तथ्याड्ढसंग सम्बन्धित हुने हँुदा राज्यको हरेक नीति निर्माण, बजेट विनियोजन र सामाजिक सुरक्षा कार्यक्रमसमेतमा गम्भीर असर गर्ने हुँदा यसलाई सबैले महत्व दिनु आवश्यक छ । पछिल्लो समय घटना दर्ता कार्यक्रममा धेरै स्थानीयतहले अनलाईन प्रणालीमा समाविष्ट गरिसकेका छन् । त्यसैले कुनैपनि घटना अनिवार्य तर, एकपटक मात्र गर्नुपर्छ । त्यसबाट राज्यले उचित समयमा उचित योजना बनाउन सजिलो र प्रभावकारी हुन्छ । तथ्याड्ढ बिना कुनैपनि योजना प्रभावकारी ढंगबाट सञ्चालन नहुने भएका कारण पनि व्यक्तिगत घटना दर्ता अत्यन्तै महत्वपूर्ण विषय भएको हो । यसलाई सबैले समयमै गरेर राज्यलाई सहयोग गर्नु र आफूले सुख पाउनुको विकल्प छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*