एमसीसीविरुद्ध आठ दलीय मोर्चाद्वारा प्रदर्शन

साझाकुरा
२०७८ फाल्गुन ७, शनिबार ०९:२३

हेटौंडा- अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हेटौंडामा शुक्रबार आठ दलीय मोर्चाद्वारा प्रर्दशन भएको छ । हेटौंडामा विगतका दिनदेखि एमसीसीविरुद्ध प्रदर्शन
जारी छ । बिहीवार पनि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी र अन्य मोहन वैद्य नेतृत्वको कम्युनिष्ट पार्टीका भातृ संगठनहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका थिए । शुक्रबार एमसीसी विरुद्धको संयुक्त मोर्चा मकवानपुरले ‘एमसीसी चाहिँदैन, गो ब्याक एमसीसी’, ‘राष्ट्रघाती एमसीसी हामिलाई चाहिँदैन’ लगायत नारा लगाउँदै ¥यालीसहित बजार परिक्रमा गरेको थियो ।

प्रदर्शनमा विभिन्न विद्यालयको पोशाक लगाएका विद्यार्थीहरु पनि सहभागी थिए । एमसीसीविरुद्ध आज ८ दलीय मोर्चाले देशैभर प्रदर्शन गर्ने जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादीलगायत ८ दलीय मोर्चाले प्रदर्शन गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*