उम्मेदवार लामिछानेले भेटे प्रतिनिधि

नेपाली कांग्रेस मकवानपुर अधिवेशन
साझाकुरा
२०७८ फाल्गुन १०, मंगलवार ११:५७

हेटौंडा-नेपाली कांग्रेस मकवानपुरको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता जयराम लामिछानेले हेटौंडा उपमहानगरका प्रतिनिधिहरुसँग भेट गरेका छन् ।लामिछानेले चुनावी अभियानअन्तर्गत् मंगलबार ‘नगरस्तरीय प्रतिनिधिहरुको भेटघाट कार्यक्रम’ आयोजना गरेर प्रतिनिधिहरुसँग भोट मागेका छन् । चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका लामिछानेले गाउँका समुदायमा सहयोग कार्यक्रम गर्दै भोट पनि माग्दै आएका छन् । मंगलबार नगरका प्रतिनिधिहरुसँग लामिछानेले आफ्नो उम्मेदवारी किन ? भन्दै आफ्नो परिचय र राजनीतिक पृष्ठभुमि बारे जानकारी गराएका छन् ।

‘पार्टी एउटा बस हो, सदस्यहरु यात्री र चुनाव भनेको त्यो बसमा भएको यात्रुहरुलाई सकुशल गन्तव्यसम्म पु¥याउन चालक छनौट गर्ने विधि हो । जिते यात्रुहरुलाई सकुशल गन्तव्यमा पुराउँछु, हारे
सह–चालक भइ चालकलाई सघाउने काम गर्छु’, उनले भनेका छन् ।आफू सभापति भए मकवानपुर कांग्रेसको विकासको लागि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट दातृ सहयोग लेराउन पहल गर्ने उनको भनाइ छ । सभापति भएपछि पार्टीको केन्द्रसँग समन्वय गरेर विविध कार्यक्रम ल्याउन र कांग्रेस मकवानपुरको नेतृत्व लिन सक्षम रहेको लामिछाने बताए । कार्यक्रमबाट वर्तमान जिल्ला सचिव आनन्द कठायत र प्रवक्ता प्रदीप कोइरालाले उपसभापति, जिल्ला सदस्य भीमसेन महत र तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले सचिव, इन्दिरा न्यौपानेले सहसचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्वसभापतिद्वय माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, कांग्रेस नेतृ उमा दाहाल र मकवानपुरका जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*