पाकिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ३० जनाकाे मृत्यु

काठमाडाैं – पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा आत्मघाती बम विस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ।
यस्तै विस्फोटमा परी कम्तिमा ५० जना घाइते भएका छन्। किस्वा ख्वानी बजारमा अवस्थित मस्जिदमा जुमाको नमाज चलिरहेको बेला विष्फोट भएको थियो।
पाकिस्तानी मिडिया डनले जनाए अनुसार शुक्रबार मध्यान्हमा नमाज चलिरहेको बेला दुइजना आतंककारी मस्जिदमा जबर्जस्ती पस्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेका थिए।
सोही क्रममा सुरक्षाकर्मीमाथि नै गोली चलाएपछि एकजनाको निधन भएको थियो। लगत्तै उनीहरूले विष्फोट गराएका थिए।