कांग्रेस मकवानपुरको कार्यसमितिले पायो पूर्णता

साझाकुरा
२०७८ फाल्गुन २१, शनिबार ०८:५२

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरको कार्यसमितिले पूर्णता पाएको छ ।१५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जिल्लामा निर्वाचित कार्यसमितीले पूर्णता पाएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी थियो । तर, विहीबार जिल्ला सदस्यहरुको पनि मत परिणाम सार्वजनिक भएको छ ।
त्यस्तैगरी, महासमिति सदस्यहरु पनि मनोनित भइसकेका छन् । सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेस मकवानपुरको आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा (७९४), कालु घलान (९२७), गोपीराम बल (६६७), विरोध मोक्तान (६३७), राजकुमार गोले (८२३) र राजकुमार वाइबा (७५६) बिजयी भए । आदिवासी जनजाति खुलातर्फका उम्मेदवारहरु ईश्वरलाल श्रेष्ठ (५५७), दीपककुमार नगरकोटी (४७३), फुलमान श्रेष्ठ (४९१), माणिकलाल मोक्तान (६२१), योगेन्द्रमान श्रेष्ठ (५३३) र राजकुमार बलामी (५४५) पराजित भए ।

खसआर्य महिलातर्फ प्रमिला खतिवडा (७५३), सन्चिता सिग्देल ‘ममता’ (७४१) बिजयी हुँदा देवकुमारी बस्नेत (६६९) र राजुमैयाँ कार्की (४९२) पराजित भए ।खसआर्य खुलातर्फ ईन्द्रकुमार बर्तौला (४९८) र होमनाथ गौतम (५१४) विजयी हुँदा आलोकराज पौडेल (२३६), विष्णुप्रसाद ढुंगाना (३४९), यादवराज उप्रेती (२९२), शिवप्रसाद खनाल (४४६), शिवबहादुर थापा (४४७) पराजित भए । आदिवासी जनजाति महिलातर्फ कृति ग्यालन (८९१), गीता राई (७०६), निर्मला गोले (७५८), शर्मिला श्रेष्ठ (७८५) र सञ्जु थापामगर (७१४) बिजयी भए भने भवानी प्रधान (४८८), मन्जुमाया भुलुन (६२०) र शान्तिमाया थिङ (६६८) पराजित भए ।

हेटौंडा उपमहानगरपालिकाको खुलातर्फ ईश्वर पण्डित (५५२), धीरेन्द्र लामा (४८९), शैलेन्द्रराज बानियाँ (६३९) विजयी भए । उपमहानगरतर्फका उम्मेदबारहरु कपिल अर्याल (२९९), गणेशहरि उप्रेती (२८३), गोपालप्रसाद दुलाल (३२६), चुडाप्रसाद उप्रेती (४१२), पूर्णप्रसाद पुडासैनी (२१०), बिष्णुबहादुर दाहाल (२६०),
रामप्रसाद अधिकारी (१९७) र सुनिल अधिकारी (३८०) पराजित भए ।

हेटौंडा उपमहानगरपालिका महिलातर्फ जिल्ला सदस्यमा ताराकुमारी राई कार्की (१०३१), सोममाया मोक्तान (७१३) बिजयी हुँदा रीताकुमार घिमिरे (५६३) र सुशीला न्यौपाने (४२६) पराजित भए ।
थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन निर्बिरोध भएकी छन् । थाहा नगरकै खुलातर्फ नवराज लामा (८८१) र भीमबहादुर भोम्जन (७७४) बिजयी हुँदा नविन अधिकारी (३६०), पदमसिंह खड्का (२९१) र राजभाई गोपाली (५३३) पराजित भए ।्

कैलाश गाउँपालिका महिलातर्फ मीना गुरुङ (६५२) बिजयी भएकी थिइन् भने लालिमाया योञ्जन (६३२) पराजित भइन् । कैलाश गाउँपालिकाकै खुलातर्फ उदासकुमार भ्लोन (७७६) निर्वाचित हुँदा बुद्धिबहादुर घलान (६१५) पराजित भए । राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी सर्वसम्मत भएकी छन् भने खुलातर्फ जयबहादुर तितुङ (५९२) बिजयी हुँदा अशोक घलान (५०४) र छत्रबहादुर तामाङ (३४१) पराजित भए ।

मनहरी गाउँपालिकाको महिलातर्फ अम्बिकाकुमारी घिमिरे अधिकारी (७०७) निर्वाचित हुँदा कमला मैनाली (६१५) पराजित भइन् । खुलातर्फ भने चन्द्रबहादुर न्यौपाने (६८३) विजयी हुँदा
रामचन्द्र कालाखेती (६८८) पराजित भए ।बागमती गाउँपालिका महिलातर्फ जिल्ला सदस्यमा सुनिता राई (७८३) बिजयी हुँदा मनमाया नेपाली (७१७) पराजित भइन् । बागमतीकै खुलातर्फ शेरबहादुर रानामगर ‘क्षितिज’ निर्बिरोध चयन भएका छन् ।

बकैया गाउँपालिकाको महिलातर्फ चमेली लामा डिम्डुङ (९१९) बिजयी हुँदा डम्बरकुमारी गिरी (४६०) पराजित भइन् । खुलातर्फ भने सेतेमान बल निर्बिरोध भएका थिए ।मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने निर्बिरोध चयन भएकी छन् । खुलातर्फ माधवप्रसाद न्यौपाने (८२५) बिजयी हुँदा रामजीप्रसाद न्यौपाने (६०९) पराजित भए ।भीमफेदी गाउँपालिका महिलातर्फ संगिता रानामगर (९३०) बिजयी हुँदा निर्मला श्रेष्ठ (४५४) पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी (७६४) बिजयी भएका थिए भने नमराज बर्तौला (६१५) पराजित भएका थिए ।
ईन्दसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए ।

त्यस्तैगरी, जिल्ला अधिवेशनबाट दुईवटा प्रतिनिधिसभा क्षेत्रबाट २२ जना महासमिति सदस्य निर्बिरोध निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट खुल्ला महिलातर्फ उर्मिला पुलामी र पवित्रा विक, खुल्लातर्फ ईन्द्रबहादुर बानियाँ, दिनेश उपाध्याय, प्रभातकुमार दाहाल, माइकल रामचन्द्र अर्याल र रघुरमण न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । सोही क्षेत्रमा आदिवासी महिलातर्फ लक्ष्मी श्रेष्ठ, आदिवासी खुल्लातर्फ अशोकराज शाक्य र सुवातसिंह थिङ र खसआर्यतर्फ राधा कोइराला निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नम्वर २ को खुल्ला महिलातर्फ उमा दाहाल र शान्ताकुमारी विक, खुल्लातर्फ जयराम लामिछाने, टेकनाथ शिवाकोटी, बुद्व लामा, भरत लामा र सन्तबहादुर प्रजा छन् । आदिवासी महिलातर्फ निर्मला हिम्डुङ, आदिवासी खुल्लातर्फ चित्रबहादुर थापा र सूर्यबहादुर रुम्बा र खस आर्यतर्फ राजेश भेटवाल निर्बिरोध निर्वाचित भएका हुन् ।कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका थिए । अब कार्यसमितिले निर्वाचित सदस्यहरुबाट एक कोषाध्यक्ष र एक प्रवक्ताको जिम्मेबारी दिनेछ भने १० जनालाई जिल्ला सदस्यमा मनोनित गर्न सक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*