बोलेकै कारण हुने मानव अधिकार हनन्का घटनामा कमिः मुख्यमन्त्री पाण्डे

साझाकुरा
२०७८ फाल्गुन २१, शनिबार ०८:५६

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बोलेकै आधारमा राज्यपक्षबाट मानव अधिकार नै हनन् हुने प्रकृतिका घटनामा कमि आएको बताएका छन् । मानवअधिकार आयोग नेपालको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानवअधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय नागरिकले बोलेकै कारण सरकारबाट मानव अधिकार हनन् हुने घटनामा कमि आएको बताएका हुन् ।

उनले समाजमा विभेदका घटना रहेसम्म मानवअधिकार हनन्का घटनाले निरन्तरता पाउनेसमेत बताए । मुख्यमन्त्री पाण्डेले समाजमा हुने विभेदका घटनाहरुको निरन्तरता रहेसम्म मानवअधिकार हनन्का घटना भइरहने बताए । समाजमा हुने पुरुष र महिलाबीचको विभेद, जातीय विभेद, धार्मिक तथा साम्प्रदायिक विभेद र रड्डका आधारमा हुने विभेद, विभिन्न कुरीति कूसंस्कृति तथा परम्परा र छुवाछुतका घटना जारी रहेसम्म मानवअधिकार हनन्का घटना पनि जारी नै रहने उनको भनाइ छ ।

यस्ता घटनाहरूको विरुद्धमा विगतमा जस्तै आज पनि मानव अधिकारका रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । उनले मानवअधिकार रक्षकहरुको धारणा पनि फरक हुनुपर्ने बताए । ‘कुनै कारणबस द्वन्द्वको अवस्था आयो र राज्यले बल प्रयोग गरेर गोली चलाउँदा कसैको मृत्य भयो भने हामी सबैको ध्यान राज्यले मानवअधिकार माथि प्रहार ग¥यो भन्नेमा जान्छ तर, एउटा गाउँमा स्वास्थ्य समस्याबाट सयौं मानिस मर्दा पनि हाम्रा मानवअधिकार रक्षकको ध्यान जाँदैन किन ? यो अवस्था सुधार गर्नुपर्छ । अलि फरक धारणा लिनुपर्छ’, मुख्यमन्त्री पाण्डेले
भने ।

विगतका राजनीतिक आन्दोलनहरुमा आमजनताहरुसंग आफूसहित अन्य राजनीतिज्ञहरुले मोर्चाको नेतृत्व गर्दै आएकोले सबै मानवअधिकार रक्षक भएको उनको भनाइ छ । समाजमा भएका
कुरीतिहरुको विरुद्धमा बोल्नु नै असल मानवअधिकार रक्षकको कर्म भएपनि पछिल्लो समय भोटको राजनीतिका कारण हामी गलतलाई गलत भन्न नसक्ने अवस्थामा पुगेको उनले बताए । ‘समाजमा भएका कुरीति, कुसंस्कृति र प्रथा परम्पराको विरोधमा बोल्नु असल मानवअधिकार रक्षक कर्म हो । तर, अहिले भोटको राजनीति चलेको छ । अहिले भोट कम आउँछ की भनेर हामी गलतलाई गतल भन्न नसक्ने अवस्थामा पुगेका छौं’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*