फागुन २८ गतेदेखि प्रदेश खेलकुद

साझाकुरा
२०७८ फाल्गुन २१, शनिबार ०९:०५

हेटौंडा- प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।हेटौंडामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै परिषद्ले पहिलोपटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको हो । परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले फागुन २८ गते हेटौंडामा एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरिने जानकारी दिए ।

उनका अनुसार फागुन २८ गतेबाट प्रदेशको पाँचवटा जिल्लामा नौ वटा प्रतियोगिताहरु आयोजना हुने बताए । उनका अनुसार चैतको १२ गतेसम्म हुने प्रतियोगितामा पुरुष फुलबल, व्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराँते, एथलेटिक्स, महिला फुटबल र बक्सिङ प्रतियोगिता हुनेछ ।करिब आठकरोड चारलाख खर्चिएर आयोजना गर्न लागिएको प्रतियोगितामा दुईहजारभन्दा बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा गरिएको भण्डारीले सुनाए । खेलको उद्घाटन २८ गते मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गर्नुहुने हेटौंडामा गर्नेछन् भने चैतको १२ गते प्रतियोगितको समापन काभ्रेको धुलिखेलमा हुने जनाइएको छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीहरुको प्रतिव्यक्ति ३० लाख रुपियाँको बीमासमेत गरिने भण्डारीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*