रुसले युक्रेनका दुई सहरमा गर्यो युद्धविरामको घोषणा

काठमाडौं – रुसले युक्रेनमा मानवीय सहायताका लागि भन्दै युद्धको दशौं दिनमा युद्धविरामको घोषणा गरेको छ। रुसी सरकार समर्थित मिडिया स्पुतनिकले युक्रेनमा फसेका विभिन्न देशका नागरिकको उद्धारका लागि युद्धविराम गरिएको बताएको छ।तर, युद्धविराम युक्रेनका दुई सहरका लागि मात्र घोषणा गरिएको छ। युद्धविराम युक्रेनको मारिउपोल र भोल्नोवाखा सहरको लागि मात्र हुनेछ।युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएको बेला युद्धविरामको घोषणा गरिएको हो। कीभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी प्रभावित छन्।
युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करिब २ लाख मानिसहरूले मारिउपोल छोड्ने प्रयास गरिरहेको बताए। उनले लगभग २० हजार मानिसले डोनेस्क क्षेत्रको भोल्नोभाखा क्षेत्र पनि छोड्न चाहेका बताए।हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई सहर मारिउपोल र भोल्नोवाखालाई रुसी सेनाले घेरेको छ र त्यहाँ आक्रमण जारी छ।