एनएसएलमा देखिने छन् मकवानपुरका आठ फुटबलर

साझाकुरा
२०७८ फाल्गुन २२, आईतवार ११:०७

हेटौंडा- मकवानपुरका आठ खेलाडी फ्रेन्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा देखिने भएका छन् ।भर्खरै सम्पन्न सहिद स्मारक ए डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी सुनिल बलसहित ८ खेलाडी विभिन्न क्लबमा अनुबन्ध भएका छन् । गत वैशाखमा भएको नेपाल सुपर लिग फुटबल (एनएसएल)को अक्सनमा मकवानपुरका ८ जना खेलाडी पर्न सफल भएका थिए ।एनएसएलको दोस्रो संस्करणमा पनि जिल्लाबाट ८ खेलाडीले क्लबमा स्थान पाएका हुन् । एनएसएलको शुक्रबार भएको अक्सनबाट सुनिल बल एनएसएलको डिफेन्डिङ च्याम्पियन काठमाडौं
रेजर्समा अनुबन्धित भए । सुनिललाई गोल्डेन बजर्समार्फत् काठमाडौं रेजर्सले तीनलाख ५० हजारमा किनेको हो । यसअघि उनी बिराटनगरबाट खेलेका थिए ।

मकवानपुरका अञ्जन विष्ट, रञ्जन विष्ट, विकि तामाङ, रोहित कार्की, अशोक बराल, विमल पाण्डे र रवि थिङ विभिन्न क्लबमा अनुबन्ध भएका छन् । अञ्जन, रञ्जन र विकि झापा एफसीमा आबद्ध भए । क्लबले रञ्जनलाई एकलाख र विकिलाई ५० हजारमा किनेको हो । झापाले राष्ट्रिय टोलीका स्टार अञ्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्धन ग¥यो । एनएसएलमा झापा नयाँ टिम हो । अञ्जन र रञ्जन यसअघि ललितपुर सिटीबाट खेलेका थिए ।

गोल रक्षकको भूमिका देखिने रोहित कार्कीलाई एकलाख ५० हजारमा विराटनगरले समाहित गरेको छ । गोलरक्षक अशोक बराल एफसी चितवनमा अनुबन्ध भए । बराल, एकलाख मूल्यमा अनुबन्धित भएका हुन् । हेटौंडेली डिफेन्डर विमल पाण्डे एकलाख ५० हजार रुपियाँमा ललितपुर सिटीमा बिक्री भए । नेपाल आर्मीका उनले यसअघि काठमाडौं रेजर्सबाट खेलेका थिए । हेटौंडाकै रवि थिङ एकलाख रुपियाँमा एफसी धनगढीमा अनुबन्धित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*