संसद् विघटनको चेतावनी:माधव नेपाल

साझाकुरा
२०७८ फाल्गुन २२, आईतवार १६:१५

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको चेतावनी दिएका छन्।आइतबार प्रतिनिधिसभा बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय कारबाही चल्न नदिए संसद विघटन हुनसक्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको वितण्डाको सामना गर्न पनि संसद भंग गर्नुपर्ने उनको भनाइ छ।

‘हाउस चल्न पनि नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने,’ नेपालले भने,‘केपी ओलीको वितण्डाको सामना गर्नलाई यो सब भंग गरिदिने। न संसद रहन्छ, न हंगामा गर्ने ठाउँ नै रहन्छ। चुनावमा जान्छ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २३ देखि संसद बैठकमा निरन्तर अवरोध गर्दै आइरहेको छ। सभामुखको बर्हिगमन र माधव नेपालसहित १४ सांसदलाई निष्कासनको माग राखेर एमालेले संसदमा अवरोध गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*