खुल्ला दौडमा अमृता प्रथम

साझाकुरा
२०७८ फाल्गुन २५, बुधबार ११:२१

हेटौंडा- हेटौंडामा भएको खुल्ला महिला दौड प्रतियोगितामा अमृता मुक्तान प्रथम भएकी छन् । ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगगलबार ३ किलोमिटर दौड भएको थियो ।
नेपाल राष्ट्रिय खेलकुद महासंघ मकवानपुरको आयोजनामा भएकोे दौड प्रतियोगितामा प्रथम भएकी अमृताले १२ मिनेट ४३ सकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । उनले नगद १० हजार रुपियाँसहित ट्रफि र प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा ऋतिका तिमल्सिना द्वितीय र लक्ष्मी थिङ तृतीत भएका छन् । ऋतिकाले १२ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै ७ हजार नगदसहित ट्रफि र मेडल पाइन् । तृतीय भएकी लक्ष्मीले १३ मिनेट २३ सकेण्डमा दुरी पार गरेर नगद पुरस्कार ४ हजारसहित ट्रफि र मेडल हात पारेकी छन् ।समानताका लागि दौड भन्ने नारासहित हेटौंडा–४ हुप्रचौरको उत्तर गेटबाट दौड सुरु भएको थियो । दौड सितलमहल चोक, पूर्वी गेट हुँदै पुनःखेल मैदानमा आएर टुंगिएको थियो । खेलका गतिविधिमा महिलाहरु पनि पुरुष सरह भाग लिन सक्छन् भन्ने उद्देश्यले नारी दिवसको अबसरमा प्रतियोगिता आयोजना गरिएको महासंघ मकवानपुरले जनाएको छ । दौड प्रतियोगिताको प्रमुख अतिथि बागमती प्रदेशकी पूर्व सामाजिक राज्यमन्त्री जुनेली श्रेष्ठले महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुबैको समान र सक्रिय भूमिका आवश्यक रहेको बताएकी छन् ।

‘परम्पराकै नाममा कायम कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्न सबै एक भएर लाग्नुपर्छ, महिला हरेक क्षेत्रमा अब्बल छन् भन्ने सन्देश दिनको लागि यस प्रतियोगितालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’, श्रेष्ठले भनिन् ।उनले महिलामाथि हुने सबै किसिमका विभेद अन्त्यका लागि सबै क्षेत्र जागरुग हुनुपर्ने धारणा राखेकी छन् । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, पार्टी सचिव नविन सिग्देल, भीमफेदी गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपसचिव हिदम लामा, नेपाल खेलकुद महासंघका निवर्तमान उपमहासचिव तथा केन्द्रीय आयोजक कमिटी सदस्य धरम लामा, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाहीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*