बंशगोपाल सहकारीले लगायो खोरेत विरुद्धको भ्याक्सिन

साझाकुरा
२०७८ फाल्गुन २५, बुधबार ११:३९

हेटौंडा- हेटौंडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने खारेतबिरुद्धको भ्याक्सिन लगाउने कार्य सम्पन्न गरेको छ ।संस्थाको चालु आव. ०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खोरेतबिरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको संस्थाले जनाएको छ । खुट्टा र मुखमा घाउ आउने, ¥याल चुहाउने, गलफुलो सुनिने खोरेत रोगको लक्षण हो । यो रोगको रोगथाम गर्न पशुहरुलाई संस्थाले प्रत्येक वर्ष भ्याक्सिन लगाउने गरेको व्यवस्थापक लक्ष्मण सापकोटाले बताए । संस्थाले चौघडा, चुच्चेखोला, शान्तिटोल, दिव्यनगर, न्यूरेनी, चिसापानीलगायत क्षेत्रहरुमा रहेको एकसय २० वटा गाई ५ वटा भैंसी १० वटा पाडापाडी र ८१ वटा बाछाबाछी गरी कूल दुईसय १६ पशुहरुलाई खोरेतबिरुद्धको भ्याक्सिन लगाइएको पशु प्राविधिक मदन न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*