सुनको मूल्यले बनायो नयाँ रेकर्ड

साझाकुरा
२०७८ फाल्गुन २५, बुधबार १३:४८

काठमाण्डौं-नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ। सुन हालसम्मैकै सबैभन्दा महंगो मूल्यमा आज कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ३ हजार कायम भएको थियो।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार रुपैयाँ निर्धारण भएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४५० रुपैयाँ कायम भएको छ।यसअघि २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यतिबेला कोरोना महामारीका कारण सुनको माग अत्याधिक बढ्दा मूल्य आकासिएको थियो। यस पटक भने युक्रेनमाथि रुसको आक्रमणका कारण सुनको भाउ बढेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*