एमसीसीको भ्रमबारे कांग्रेसले दियो प्रशिक्षण

साझाकुरा
२०७८ चैत्र ९, बुधबार १२:३४

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीको भ्रमसम्बन्धी एकदिने प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्र्तगत् कांग्रेस बागमती प्रदेशले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्थानीय निर्वाचन र एमसीसीको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको प्रशिक्षणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटा र कांग्रेसका प्रशिक्षक रामबहादुर लामाले प्रशिक्षण दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले जानकारी दिए । सभापति बानियाँले एमसीसीबारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा कांग्रेसको बिचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताए ।

सभापति बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोलटोलमा गई आउँदै गरेको स्थानीय निकायको निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न मतदातालाई बुझाउनसमेत निर्देशन दिए । कांग्रेस बागमती प्रदेशले सोमबार पूर्व केन्द्रीय महामन्त्री प्रकाशमान सिंहबाट मूख्य कार्यालय हेटौंडामा उद्घाटन गर्नुका साथै तेश्रो बैठकबाट कोषाध्यक्ष, प्रवक्तासहित विभिन्न समिति
र विभागहरुमा संयोजक तोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*