नेपाली काँग्रेस मकवानपुरमा १० मनोनित

साझाकुरा
२०७८ चैत्र १०, बिहीबार १२:५३

हेटौं- नेपाली काँग्रेस पार्टी मकवानपुरका सभापति बुद्ध लामाले जिल्ला कार्यसमितिमा १० जनालाई जिल्ला सदस्य मनोनित गरेका छन् ।जिल्ला कार्यसमिति सचिव भीमसेन महतद्वारा बुधबार जारी विज्ञप्तिमा प्रभातकुमार दाहाल, रामबाबु बानियाँ, गोपीलाल विक, अर्जुनप्रसाद चौलागाई, राजु खतिवडा, अर्जुत तिवारी, अञ्जना उपाध्याय, मोमलाल दोङ, भुवनलाल श्रेष्ठ र नुरोज पौडेललाई जिल्ला सदस्य मनोनित गरिएको जनाइएको छ ।

जिल्ला सभापति लामाले नेपाली काँग्रेस पार्टीको विधानको धारा १२ (७) को ङ बमोजिम जिल्ला सदस्यहरु मनोनित गरेको पार्टी सचिव महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला सदस्य मनोनित गरेसंगै पार्टीमा असन्तुष्टि बढेको पाइएको छ । जिल्ला सदस्य मनोनित गरेसंगै जिल्लामा हालै निर्वाचित केही पदाधिकारी र सदस्यहरुले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*