कांग्रेस र एमालेबीच गठबन्धन हुन सक्दैनः भट्टराई

साझाकुरा
२०७८ चैत्र १३, आईतवार ११:०७

हेटौंडा,- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन हुन नसक्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले देशको प्रमुख दुई शक्ति भएकोले गठबन्धन हुन नसक्ने बताएका हुन् । कांग्रेस र एमालेले चुनावी तालमेल गर्ला भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिदै उनले भने ‘कांग्रेस र एमाले प्रमुख दुई शक्ति हो । यी दुई शक्तिबीच नै गठबन्धन भयो भने चुनावमा प्रतिष्पर्धा गर्ने दल नै हुँदैन । त्यसैले चुनावी तालमेल हेन सक्दैन ।’ उनले आगामी निर्वाचनमा एमालेले छक्का हान्ने टिप्पणी समेत गरे । पत्रकार सम्मेलनमा

बोल्दै उनले आगामी निर्वाचनमा गठबन्धनले एक रन बटुल्दा एमालेले छक्का हान्ने टिप्पणी गरेका हुन् ।‘गठबन्धन एक रन बटुल्दै गर्छ, एमाले सीधै छक्का हानेर अगाडि बढ्छ । उनीहरुले एमालेलाई भेट्नै सक्दैनन्’, भट्टराईले भने । देशभरमा करिब ३८ हजारमध्ये २० हजार जनप्रतिनिधि एमालेबाट बिजयी हुनेसमेत नेता भट्टराईको दाबी छ । उनले माधव नेपालले राजनीतिबाट सन्यास लिने बेला भएकोसमेत टिप्पणी गरे । भट्टराईले माधव नेपाल राजनीतिबाट अवकाश हुने बेला भइसकेको भन्दै सन्यासी भाषामात्रै प्रयोग गर्न आग्रह गरे ।

एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने विषयमा माधव नेपालको अभिव्यक्तिबारे पत्रकारहरुले सोधेको प्रश्नमा भट्टराईले भने ‘राजनीतिबाट अवकाश पाउने बेला भइसकेको मान्छेले यस्तो छुद्र बोलेको सुहाउँदैन । उहाँले त अब सन्यासी भाषामात्रै बोल्ने हो ।’ नेता भट्टराईले अरु दलसँग दलाली गरेर एमालेसँग फाइदा लिन नआउन प्रचण्डलाई आग्रहसमेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*