पार्टीको नेतृत्वको ध्यानाकर्षण

साझाकुरा
२०७८ चैत्र २२, मंगलवार ०९:२८

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका पदाधिकारीहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राखी ध्यानाकर्षण पत्र बुझाएका छन् ।नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई उपसभापति आनन्द कठायतले ध्यानाकर्षण दिएका हुन् । लामा संस्थापन पक्षबाट सभापतिमा चयन भएका थिए । लामाले आफूखुशी सदस्य मनोनित गरेको भन्दै संस्थापन इतरका नेताहरुले असन्तुष्टि जनाइका छन् । सहमतिका आधारमा पार्टीको गितिविधि अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

पार्टीमा बहुमतमा रहेका अन्य पदाधिकारी तथा सदस्यहरुले सदस्यहरु मनोनित गरिएकोमा बिरोध गर्दै आएका थिए । सस्थापन इतरका पदाधिकारीसहित नेताहरुको केही दिनअघि हेटौंडामा भएको भेलाले नेतृत्वलाई विधि र पद्धतिमा हिँड्न सुझाएको थियो ।पार्टीको निर्वाचनमा पराजित संस्थापन इतरका उम्मेदवारहरुलाई जिल्लामा मनोनित नगरिएको र आफूखुशी आफ्ना नजिककालाई मात्र मनोनित गरेको भन्दै नेताहरु बिरोधमा उत्रिएका हुन् । निषेधको राजनीति नगर्न नेतृत्वलाई उनीहरुले चेतावनीसमेत दिएका छन् । संस्थापन इतरका नेताहरु स्थानीय तहको निर्वाचनमा एकलौटी ढंगले टिकट दिने सम्भावना बढेपछि असन्तुष्ट बढेको हो ।

उपसभापति कठायत, धर्म लामिछाने, सचिव भीमसेन महत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपानेले सभापति लामालाई आफूखुशी गरिएको सदस्यमा मनोनित गरिएको काम सच्याउनु पर्ने आगामी दिनमा सहमतिका आधारमा अघि बढ्न उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*