हेटौंडा अस्पताललाई अलग्याउने निर्णयमा पूर्वमुख्यमन्त्रीको आपत्ति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले ल्याएको तरड्ड
साझाकुरा
२०७८ चैत्र २४, बिहीबार ११:३३

हेटौंडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने निर्णयप्रति बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आपत्ति जनाएका छन् ।बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेको थियो । उक्त अध्यादेश जारी भएसँगै प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग हुने भएपछि पूर्वमुख्यमन्त्री पौडेलले आपत्ति जनाएका हुन् । पौडेलले प्रदेश सरकारको नेतृत्व गर्दा मकवानपुर जिल्लाको एकमात्रै सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभेका थिए ।
तर, प्रदेश सरकारले अस्पताललाई अलग्याउने र प्रतिष्ठानलाई चितवन सार्ने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन् ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफू नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्वसमेत लिने गरी प्रतिष्ठानमार्फत् हेटौंडा अस्पतालको स्तरोन्नतिको कार्य गरेको दाबी गर्नुहुँदै अध्यादेशमार्फत् अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको बताए । मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि हुँदै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्र्याउने र कमजोर बनाउने कार्यको मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत रोक्ने प्रयत्न नगर्नू दुःखद् भएको पौडेलको भनाइ छ ।

‘मकवानपुरे जनताको सेवा, सुविधामा हस्तक्षेप हुने निर्णयमा कम्तिमा मकवानपुरबाटै निर्वाचित प्रदेशसभा सदस्य र मन्त्रीले समेत बिरोध नगर्नु दुःखद् विषय हो’, उनले भने । आफू नेतृत्वको सरकारले प्रदेशकै गौरबको योजनाको रुपमा अगाडि सारेर उल्लेखनीय उपलब्धि हासिल गरेको प्रतिष्ठानलाई सार्ने, कमजोर बनाउने कार्य भएको उनको आरोप छ । प्रतिष्ठानमातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा बृद्धि भएको, सघन उपचार कक्ष (आईसीयु), एचडीयू वार्ड स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गर्ने काम भएको पौडेलले उल्लेख गरे ।

प्रतिष्ठानको थप विकासका लागि छुट्याइएको डेढ अर्ब बजेट ५÷५ लाखका टुक्रे योजनामा खर्च गर्ने वर्तमान सरकारको निर्णय कार्यकर्ता पाल्ने योजना भएको पौडेलले आरोप लगाए । प्रदेश
सरकारले प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्न र आफ्नै अस्पतालको व्यवस्था गर्न अध्यादेश ल्याउन लागिएको बताएको छ ।

हेटौंडा उपमहानगरद्वारा खेद प्रकट

हेटौंडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान अन्र्तगतको हेटौँडा अस्पतालाई प्रतिष्ठानबाट अलग बनाउन ल्याइएको अध्यादेश खेद प्रकट गरेको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रदेश सरकारको उक्त निर्णय हेटौंडावासीलाई मान्य नभएको बताएका छन् ।महतले विज्ञप्तीमार्फत् सरकारसँग उक्त निर्णय तत्काल बदर गर्न माग गरेका छन् । शिक्षण अस्पताल निर्माणको लागि धमाधम भवन निर्माण जारी रहेको अवस्थामा वर्तमान सरकारले गरेको क्रियाकलापले हेटौँडामा स्वास्थ्य सेवा कमजोर बनाइन खोजिएको भन्दै नगरबासीलाई उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*