हेटौंडामा प्रेस युनियनको महाधिवेशन तयारी तीव्र

साझाकुरा
२०७८ चैत्र २४, बिहीबार ११:४२

हेटौंडा- नेपाल प्रेस युनियनको महाधिवेशनको तयारी तीव्र बनाइएको छ ।हेटौंडामा हुने महाधिवेशनका लागि तयारी तीव्र पारिएको हो । नवौं महाधिवेशनको उद्घाटन तथा निर्वाचन, आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको बारेमा केन्द्रीय टोली र मकवानपुर शाखाबीच बुधबार छलफल भएको छ ।कार्यक्रममा सहभागीहरूले मतदाता नामावली निश्चित समय अगावै टुंगो लगाउने, प्रतिनिधि दर्ता अगावै गर्ने र शुल्क भुक्तानीलाई बैंकिङ प्रक्रियामार्फत, सचिवालय स्थापनालगायतबारे सुझाव दिएका थिए । कार्यक्रममा हेटौंडामा हुने अधिवेशनलाई व्यवस्थित गर्न कुनै कसर नराख्ने मकवानपुर शाखाले प्रतिबद्धता व्यक्त गरेको थियो ।

आगामी जेठ १३ र १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने अधिवेशन तयारीका लागि स्थानीय समन्वय समितिको संयोजकमा राममणि दाहाल, सहसंयोजक गिरिजा अधिकारी, सचिवालय मञ्च तथा स्वागत समिति संयोजकमा कुमार अधिकारी, आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारी छन् । छलफलमा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कार्यवाहक महासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्य राममणि दाहाल, सिर्जना अर्याल, वसन्त अधिकारी, गिरिजा अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल, महासंघ जिल्ला अध्यक्ष एवम् युनियन मकवानपुर उपाध्यक्ष मणिराज गौतम, युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारीलगायत उपस्थिति थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*