बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमतिनजिक

साझाकुरा
२०७८ चैत्र २९, मंगलवार ११:२३

हेटौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा ५ दलीय सत्तारुढ गठबन्धन सहमतिनजिक पुगेको छ ।नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठक सहमतिनजिक पुगेको हो । बैठकमा प्रदेशका एकसय १९ पालिका र एकहजार एकसय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।

आइतबार र सोमबार दुई दिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमुखहरुको उपस्थिति थियो । यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आ–आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*