राक्सिराङमा समाजवादी एक्लै चुनावमा होमिन तयार

साझाकुरा
२०७९ बैशाख ५, सोमबार ०९:४६

हेटौंडा- पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सम्मान जनक स्थान नपाए एक्लै भएपनि उम्मेदवारी दिने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।आइतबार बसेको बैठकले गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाएको खण्डमा कुनैपनि हालतमा चार वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । अध्यक्ष वा उपाध्यक्ष नपाइएको खण्डमा समाजवादीले राक्सिराङमा वडा नम्बर ३, ४, ६ र ९ लिने निर्णय गरेको छ । यस्तै, उपाध्यक्ष पाइएको खण्डमा २ वटा वडा लिने निर्णय पनि भएको छ । बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँड नगरे एक्लै चुनावमा जान पनि अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेदवार टुंगो लगाएको छ ।

तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस भएका छन् । चेपाङ समाजवादीको जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुन् । यस्तै, गठबन्धन भएमा उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नु परेमा अध्यक्ष चेपाङका सारथीका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ ।पार्टीले वडा नम्बर १ मा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, वडा नम्बर ३ मा ज्ञानबहादुर स्याङ्तान, वडा नम्बर ४ मा किशोरकुमार ब्लोन, वडा नम्बर ५ मा जुनियल प्रजा, वडा नम्बर ६ मा कृष्णलाल तामाङ, वडा नम्बर ७ मा जंगमान प्रजा, वडा नम्बर ८ मा सरोजकुमार प्रजा र वडा नम्बर ९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*