नेकपा एसबाट मनहरी अध्यक्षमा चार जनाको नाम सिफारिस

साझाकुरा
२०७९ बैशाख ८, बिहीबार १०:१४

हेटौंडा- मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)ले चार जनाको नाम सिफारिस गरेको छ ।नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका कमिटीले पालिका अध्यक्षमा पार्टी गाउँ कमिटी अध्यक्षसमेत रहेका नारायण श्रेष्ठ, वर्तमान गाउँपालिका उपाध्यक्ष मनिला विष्ट, वडा अध्यक्ष साधुराम अधिकारी र युवा नेता वीरेन्द्र डीसीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

अध्यक्षका आकांक्षीसहित गाउँपालिका उपाध्यक्ष र ९ वटै वडाका वडा अध्यक्षका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । एकीकृत समाजवादीले गाउँपालिका उपाध्यक्षमा भूमिनन्द अर्याल, चन्द्राकुमारी भूषाल, आशा बल र रामकुमार एलनको नाम सिफारिस गरेको छ । पार्टीले वडा नम्बर १ मा राजन चेपाङ, वडा नम्बर २ मा आदेश रुम्बा, वडा नम्बर ३ मा विष्णुबहादुर थिङ र बुद्धरत्न स्याङ्तान, वडा नम्बर ४ मा बालमुकुन्द ढकाल, वडा नम्बर ५ मा चन्द्रबहादुर थिङ, ओमकुमार आले मगरलाई सिफारिस गरेको छ ।

वडा नम्बर ६ मा गोपीलाल तामाङ, वडा नम्बर ७ मा बलराम स्याङ्तान, वडा नम्बर ८ मा श्रीकृष्ण बर्तौला र वडा नम्बर ९ मा रामचन्द्र पुरीलाई सिफारिस गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।मकवानपुरमा सत्ता साझेदार पाँच दल गठबन्धन बनाएर आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिँदै छन् । गत निर्वाचनको मत परिणामअनुसार मनहरीको ठूलो पार्टी एमाले हो । एमालेमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका थिए । जसमध्ये एमालेबाट निर्वाचित उपाध्यक्ष विष्ट हाल एकीकृत समाजवादीमा छन् ।
मकवानपुरका १० वटा स्थानीय तहमध्ये एकीकृत समाजवादीको राम्रो संगठन भएको स्थानीय तह मनहरी हो । मनहरीको अध्यक्षसहित वडा अध्यक्षमा गठबन्धनका नेपाली कांग्रेस र एकीकृत समाजवादीले दावी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*