गठबन्धनको निर्णयविरुद्ध कांग्रेसका बहुमत पदाधिकारी

साझाकुरा
२०७९ बैशाख ९, शुक्रबार १२:३१

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरका बहुमत पदाधिकारी केन्द्रीय गठबन्धनको निर्णयबिरुद्ध उभिएका छन् ।हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय गठबन्धनको सहमति विपरित कांग्रेसका जिल्ला पदाधिकारी एक भएका हुन् । उनीहरुले बिहीवार पार्टी कार्यालय पत्रकार सम्मेलन गर्दै हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस जिल्ला उपसभापति आनन्द कठायतले हेटौंडाको मेयरको सम्बन्धमा गरिएको निर्णय पुनरावलोकन गर्न केन्द्रीय गठबन्धनलाई अपिल गरेका छन् ।

केन्द्रीय गठबन्धनको निर्णय नमान्ने चेतावनी दिँदै हेटौंडामा कांग्रेस एक्लै निर्वाचन लड्ने कठायतले बताए । कांग्रेस मकवानपुरमा पाँच जना पदाधिकारी संस्थापनइत्तर समूहका छन् । कांग्रेसको केन्द्रीयस्तरमै शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतरको समूह गठबन्धन गर्न नहुने पक्षमा छ । पार्टी जिल्ला उपसभापति कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने र कांग्रेसबाट हेटौंडाको मेयरका आकांक्षी आनन्दराम पराजुलीलगायतले विज्ञप्तिमा हस्ताक्षर गर्दै केन्द्रीय गठबन्धनको निर्णयविरुद्ध जाने चेतावनी दिएका छन् ।

इतरका पदाधिकारीसहित पूर्वसभापतिहरुले साथ दिएका छन् । यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरित परिणाम आए हामी र आमकांग्रेस कार्यकर्ता जिम्मेवार र जवाफदेही हुँदैन्’, उपसभापति कठायतले भने । गठबन्धनभित्रका दलमध्ये नगरको सबैभन्दा ठूलो दल कांग्रेस र गत निर्वाचनमा प्राप्त परिणामका आधारमा कांग्रेसले मेयर पाउनुपर्नेमा नेताहरुको जोड छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*